यस्ता छन् विधि
दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ ।
मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।
सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।
गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।
काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् ।
यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । तरकारी र फलफूलमा बढि जोड दिनुहोस् ।
दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।-स्वास्थ्य खबर
The post पेटको बोसो एक हप्तामै बोसो घटाउने यस्तो छ उपाय appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.