यसरी यौन सन्तुष्टि पुरा गर्दछन् सम्भ्रान्त परिवारका महिला र विदेशमा श्रीमान भएका श्रीमति

नेपालका संभ्रान्त बर्गमा यौन संतुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको छ । काठमाडौ र पोखरामा केहि बर्षअघि खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको प्रमाणित भएको छ ।

विशेषत श्रीमान तथा श्रीमती विदेशिएका युवा–युवतीहरुको यसतिर आकर्षण बढेको पसलका संचालकहरु बताउंछन् । कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिएर जान्छन् । र प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको पाईन्छ ।

पोखराको लेकसाइड र काठमाडौको न्यूरोडमा खोलिएका सेक्स टोय पसलमा केहीबर्ष अघिसम्म फाटफुट देखिने युवा–युवती हरुको आजकल चोकचोकमा भीड तथा जिज्ञासाले सेक्स टोयप्रति नेपालीको बढ्दो आकर्षणलाई मज्जाले पुष्टि गरेको छ ।

पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेमा महिलाहरु नै बढी हुने गरेको सेक्स टोय पसलका संचालकहरु बताउंछन् । पोखराको सेक्स टोय पसलका संचालक रञ्जन अर्यालले सेक्स टोयको जानकारी लिन आउने र खरिद गर्न आउने ६० प्रतिशत महिलाहरु रहेको बताए । पोखरामा शुरु गरिएको सेक्स टोयको व्यापार सोचेभन्दा बढी फस्टाएको उनी बताउंछन् । सेक्सको आनन्द लिनको लागि कुनैपनि भनेजस्तो पुरुष तथा महिला साथी नपाएको अवस्थामा महिला तथा पुरुषले सेक्स टोय मार्फत यौन सन्तुष्टि लिने गर्दछन् ।

यसका साथै विदेशमा श्रीमान हुने महिलाहरु अधिकांशले सेक्स टोय सुरक्षित राख्ने गरेको पोखरामा बस्ने बाग्लुङकी जिवन पौडेल बताउछिन । पहिलेपहिले यौनप्यास मेट्न जोखिम मोलेरै भएपनि केटा केटाहरुको संगतगरेको बताउने पौडेलले अहिले सेक्स टोयको कारण यस्तो जाखिम बिना नै सन्तुष्टि प्राप्त गरेको बताउछिन ।

के हो सेक्स टोय ?

यो महिला र पुरुषको यौनान्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम साधन हो । जसको स्वरुप महिला तथा पुरुषको प्राकृतिक बनावट जस्तै हुन्छ ।

♦ यो एकदमै उच्च स्तरको सिलिकनबाट निर्मित हुन्छ ।
♦ सिलिकनबाट बनेको हुनाले यसलाई छुदा वा प्रयोग गर्दा प्राकृतिक झै अनुभव हुन्छ ।
♦यसको प्रयोगबाट सजिलै यौनान्द प्राप्त हुन्छ ।
♦यसमा प्रयोग गरिने भाइब्रेटरले अझ बढी उत्तेजना बढाइ चरमसुखानुभूति गर्न सहयोग र्पुयाउँछ ।
♦पुरुषले प्रयोग गर्ने टोयको मूल्य २५ सयदेखि ३ लाख रुपैयाँसम्म पर्छ भने महिलाका लागि २ हजारदेखि २० हजारसम्म पर्छ

♦एक जापानी कम्पनीले सेक्स टोयको विकासमा आफू नयाँ चरणमा पुगेको दावी गरेको छ ।
♦अब पुरुषका लागि अनुहारको रङ बदलिने र वास्तविक जस्तै आँखा भएका यौन खेलौना तयार पारेको कम्पनीको दाबी छ ।
♦ओरियन्ट कम्पनीले सिलिकनबाट बनेका नयाँ उच्च स्तरीय सेक्स टोय वास्तविक महिला भन्दा खासै फरक नदेखिने र प्रयोग गर्दा पनि ♦वास्तविक जस्तो नै लाग्ने कम्पनीको दाबी छ ।
♦जापानी भाषामा डच वाइभ्स भनेको यौन खेलौना हो ।
♦खेलौनाको मूल्य १ हजार डलर छ ।

सेक्स टोय प्रयोगका फाईदा

♣ यौनका कारण कुण्ठित बनेर बस्नुपरेका नेपाली महिला तथा पुरुषले यौन सन्तुष्टि लिन सक्छन् ।
♣ यौनकर्मीकहाँ जानुभन्दा सेक्स टोयको प्रयोग गर्नु बढी स्वच्छ र सुरक्षित हुन्छ ।
♣ समाजमा बलात्कार जस्ता घटनामा कमी हुने अनुमान ।
♣ ईच्छा लागेको समयमा प्रयोग गर्न सकिने ।
♣ यसबाट न कसैमाथि जोरजबर्दस्ती हुन्छ, न एचआईभी÷एड्सलगायतका कुनै यौनरोग सर्ने डर नै हुन्छ ।

सेक्स टोयका ग्राहक

• पछिल्लो प्रविधिका महँगा ‘सेक्स टोय’ किन्ने नेपाली ग्राहक पढेलेखेका र हुनेखाने वर्गका छन् ।
• धेरैजसो पुराना प्रयोगकर्ता र सेक्स टोयमा विविधता खोज्ने ग्राहक बढि आउने गर्दछन् ।
• पुराना प्रयोगकर्ताबाट थाहा पाएर थपिने नयाँ ग्राहक पनि दिनप्रतिदिन बढिरहेका छन् ।
• महिलाहरू फोनबाट जानकारी लिएर किन्न आउँछन् ।
• पसलमै आएर धेरैबेर सोधखोज गरि मोलतोल गर्नेमा बढी पुरुष छन् ।
• सभ्य, स्वतन्त्र र सुरक्षित आवाज निकाल्ने ‘सेक्स डल’ (नग्न युवतीको पुतली) किनेका एक अविवाहित युवक कृत्रिम साधनबाट यौनसन्तुष्टि लिनुलाई सभ्य, स्वतन्त्र र सुरक्षित यौन व्यवहार भन्छन् ।

राजधानीमा कस्मेटिक पसल चलाइरहेकी एक महिलालाई विदेशमा बस्दै आएका श्रीमानले यौन प्यास मेटाउनको लागि श्रीमतीलाई सेक्स टोय पठाइदिएका थिए । यौन आवश्यकता पूरा गर्न अरू यौन साथी बनाउनुभन्दा यस्ता सामग्री प्रयोग गर्नु धेरै सुरक्षित रहेको र यसले श्रीमानसँगको सम्बन्धमा पनि कुनै आँच पु¥याउँदैन भन्ने उनको कथन छ । श्रीमान् बढी व्यस्त हुने कतिपय फुर्स्दिला महिला पनि यस्ता सामग्री प्रयोग गर्ने गर्दछन् । काठमाडौंकी एक ४० वर्षीया महिलाले यसबाट पतिसँगको सम्बन्ध, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा कुनै असर नपरेको बताइन् ।

“यौन आवश्यकता पूरा गर्न नपाएको मानिस कि कुण्ठित भएर बस्छ कि त असुरक्षित यौनमा फस्छ ।” नेपाली युवा–युवतीमाथि पारिवारिक हस्तक्षेप र निगरानी घट्दै गएकाले विवाह गर्ने उमेर पनि पछि सर्दै गएको छ । योसँगसँगै उनीहरूको यौनजीवन पनि आफ्नै ईच्छा अनुसार चल्दै आएको छ । यौन चाहना पूरा गर्ने माध्यम पनि बदलिँदै गएको छ ।

महिला–पुरुषबीचको यौनसम्बन्धलाई विभिन्न सामाजिक नीतिनियम र सांस्कृतिक मूल्यमान्यताले बाँध्ने परम्पराको थालनीदेखि नै मानिसमा वैकल्पिक यौन सुखप्रति आकर्षण र उत्सुकता शुरु भएको मानिन्छ । महिला–महिलाबीच र पुरुष–पुरुषबीचको यौनक्रिया पनि यस्तै उत्सुकताको परिणाम हो । जुन अहिले नेपालमा पनि अधिकारसँग जोडिएर आएको छ । उपभोगवादी संस्कृति नेपाली समाजमा अझ्ै पनि कण्डम किन्न हिचकिचाउने मानिसहरूको कमी छैन, सँगसँगै यौनजन्य खेलौनाको प्रयोग पनि बढ्दैछ ।

चुनौती

यौनरोग बिशेषज्ञ तथा साईकोलोजिष्ट बयोधा लम्साल सेक्स टोयले मानिसलाई यौनकुण्ठाबाट मुक्त राखे पनि कृत्रिम यौन व्यवहारको लतले संवेदनहीनता बढ्दै जाने बताउँछिन् । नेपाली प्रयोगकर्ताहरू यसको सही प्रयोग गर्न र आनन्द लिन नसकेर विभिन्न मानसिक र शारीरिक समस्यामा पर्ने गरेको उनी बताउंछन् ।पहिला परामर्शका लागि फाट्टफुट्ट आउने सेक्स टोय प्रयोगकर्ताहरू अहिले बढेका छन् । तीमध्ये कतिपय यौनाङ्गमा घाउचोट लिएर आउँछन् ।‘रोबो सेक्स’ का कुरा कृत्रिम यौनसाधनको व्यापार अनुमति भएका वा नभएका दुवैथरी देशमा यसका आ–आफ्नै खाले समस्या छन् । भारत र अमेरिकाका केही राज्यमा सेक्स सप खोल्न र यौनजन्य सामग्री किनबेच गर्न बन्देज छ ।

अनुमति भएका राज्यहरूमा पनि धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यमान्यताको आधारमा विरोध हुने गरेको छ । खुला भएका मुलुकमा दुरुपयोगका कारण पनि यस्ता सामग्रीहरू ठूलै चुनौती भएका छन् । बेलायतमा बालबालिकाहरूले पनि कृत्रिम यौनसाधन किन्न थालेपछि सरकारका लागि खुलापन टाउकोदुखाइको विषय बनेको छ । समस्या जे–जस्ता भए पनि अमेरिकाका रोबोट वैज्ञानिक प्रोफेसर रोड्ने ब्रुक्सले भविष्यमा विश्वका अधिकांश मानिस यौनका लागि रोबोटमा निर्भर हुने भविष्यवाणी गरेका छन् ।

यसैगरी, ‘इन्टेलिजेन्ट आर्ट्फििसियल एक्सपर्ट’ डेभिड लेभीले रोबोटसँग प्रेम र यौन सम्पर्क पुस्तकमा सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौन सन्तुष्टि मात्र नभई प्रेमी–प्रेमिकाको जस्तो साथ पनि दिने बताएका छन् । सेक्स टोयको विश्वबजारमा जोडिइसकेको नेपालमा पनि ब्रुक्स र लेभीले भनेको ‘रोबो सेक्स’ को संसारमा विचरण गर्न चाहनेहरूको जमात तयार भइरहेको अनुभव गर्न सकिन्छ । नागढुंगामा सुइट सेफ सप नामको एक पसल छ । यो पसलले भोक लाग्दा पेट भर्ने मिठा परिकार पस्कँदैन । यो पसलमा पाइन्छन् सेक्स टोय अर्थात यौन खेलौना ।

यौन साथी नहुँदा प्यास मेट्न कृत्रिम यौनांगहरु पसलमा पाइन्छ । फोनमार्फत बुकिङ गर्ने र घरमै ल्याइदिन भन्ने ग्राहक पनि बढिरहेका छन् ।सेक्सटोय किन्नेहरु धेरै जसो २० देखि ३५ वर्ष उमेरका छन् । धेरै जसो भारतीय नागरिक बढी आउने गर्दछन् । ‘त्यसमा महिला पुरुष दुबै छन् ।’

भारतमा यस्तो व्यवसाय नभएको हुँदा पटना विहारका नागरिक यौन खेलौना किन्नआउने गर्दछन् । प्रेमी÷प्रेमिकाबाट पाउने प्रेमसहितको सेक्स नभएपनि जथाभावी सम्पर्क गर्नुभन्दा धेरै सुरक्षित हुन्छ । पति वा पत्नी विदेश गएका महिला पुरुष यौन खेलौनाका ग्राहक हुन्छन् । त्यसबाहेक यौनसाथीमा यौन दुर्बलता भएमा खेलौना प्रयोग गर्दा सुरक्षित हुन्छ । ‘यौन पार्टनर कुनै कारणले सम्बन्ध राख्न सक्षम भएनन् भने अवैध सम्पर्कमा जानुपर्दैन, यौन खेलौना भए पुग्छ ।

पोखरा र काठमाडौं बाहेक अहिले हेटौंडा, चितवन, बुटवल, इटहरी जस्ता सहरमा यस्ता पसल खुलिसकेका छन् । यौनसँग सम्बन्धित सामग्रीहरूको पसल सञ्चालनमा आइसकेका छन् । अप्राकृतिक माध्यबाट देहसुख दिने र कसैको सम्बन्ध उजाड नगर्ने भरपर्दो र सुरक्षित साधान सेक्स टोय हाल देशभर लोकप्रिय मात्रै होइन यसले कारोबार पनि बढाएको छ ।

The post यसरी यौन सन्तुष्टि पुरा गर्दछन् सम्भ्रान्त परिवारका महिला र विदेशमा श्रीमान भएका श्रीमति appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.