पाकिस्तानले भारतीय सीमानजिक बनायो आणविक सुरुङ, भारतमा खैलाबैला

काठमाडौं, २५ असोज — पाकिस्तानले भारतीय सीमाभन्दा केही पर रहेको मियाँवाली भन्ने स्थानमा सुरुङ खनेर १४० वटा आणविक हतियार भण्डारण गरेको भारतीय मिडियाले लेखेका छन् ।

सुरुङ खनेको ठाउँमा तीनवटा अन्तःसम्बन्धित टनलहरू छन् जुन १० मिटर उचाइ र १० मिटर चौडाइका छन् ।

नाम बताउन नचाहने एक भारतीय पूर्वसैनिकले बताएअनुसार, सुरुङहरूलाई चौडा सडकले छोएको छ । क्षेप्यास्त्र प्रहार गर्नका लागि ट्रान्स्पोर्टर इरेक्टर लउन्चरको गतिलाई सहज पार्न सडक बनाइएको हो । सबै सुरुङका भिन्नाभिन्नै प्रवेश र बहिर्गमन द्वार छन् ।

प्राप्त जानकारीअनुसार, सुरुङमा १२ देखि २४ आणविक हतियार राख्न मिल्छ ।

भारतले यो स्थानको निगरानी गरिरहनुपर्ने भारतीय सेनाका जासूसी विभागका एक कर्नेलले बताए । उनी स्याटेलाइट इमेजरी विश्लेषणविज्ञ हुन् ।

बुलेटिन अफ एटोमिक साइन्टिस्ट्सको पछिल्लो प्रतिवेदनमा पाकिस्तानले आणविक हतियारको मात्रा बढाइरहेको र १३० देखि १४० वटा वारहेड भण्डारण गरेको अनि केही फाइटर जेटलाई आणविक हतियार प्रहार गर्न मिल्ने बनाएको उल्लेख छ ।

पाकिस्तानले यही हतियारको बलमा भारतलाई आफूविरुद्ध सर्जिकल स्ट्राइक नगर्न वा देशको आणविक हतियार राखेको स्थानलाई लक्षित नगर्न चेतावनी दिएको छ । भारतले निहुँ खोजेमा पाकिस्तान चुप लागेर नबस्ने त्यहाँका विदेशमन्त्रीले बताए ।

एजेन्सी

The post पाकिस्तानले भारतीय सीमानजिक बनायो आणविक सुरुङ, भारतमा खैलाबैला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.