स्वर्गीय पति श्रीकृष्णका लागी श्वेताले ल्याइन “कान्छी”

६ कात्तिक, काठमाण्डौ

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको नेपाली चलचित्र ‘कान्छी’ को छायाँकन लगभग सकिएको छ । निर्देशक तथा अभिनेता आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्रले ५० दिनको समय तालिका अनुसार छायाँकन सकेको हो ।

नेपाली चलचित्र ‘कान्छी’ मा मुख्य भूमिकामा दयाहाङ राई र श्वेता खड्का रहेका छन् । यस चलचित्रमा मुस्ताङ, माथिल्लो मुस्ताङ, जोमसोम र राजधानी वरपर छायांकन गरिएको थियो । फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियन्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

यस चलचित्रको छायांकन सकिएपछि श्वेताले लक्ष्मीपूजाको दिन फेसबुकमार्फत पति श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली स्वरुप माघ २६ गते फिल्म ल्याउने लेखेकी थिइन् ।

फेसबुक स्ट्याटसमा अाफ्नाे स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको सम्झना-

‘दादाको सम्बोधनमार्फत् आदर गर्ने मेरा स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली स्वरुप आगामी माघ २६ गते ‘कान्छी’ लाई दर्शकसामु ल्याउँदै छु । एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेकी छु । मैले आफ्नो गच्छे र दक्षताले भ्याएसम्मको मेहनत गरेकी छु । मेरो यो मेहनतमा मेरा सहकर्मी मित्रहरूलगायत ‘कान्छी’ निर्माणका सम्पूर्ण युनिटको पसिना मिसिएको छ । ‘कान्छी’ लाई तपाईंहरुको सल्लाह सुझाव र उत्प्रेरणाको खाँचो छ । मेरा त्रुटीहरूलाई औँल्याएर आगामी दिनमा झन परिस्कृत हुने मौकाबाट मलाई वञ्चित नगराउनु होला ।’ उनले लेखेकी थिइन् । ग्रामीण भेगकी कान्छी पात्रको कथालाई प्रस्तुत गरिएको फिल्ममा शम्भुजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत र पुरुषोत्तम प्रधानको छायांकन छ । श्वेता ‘कोहिनूर’ पछि ‘कान्छी’ मार्फत फिल्म निर्माण तथा अभिनयमा फर्किएकी हुन् ।

The post स्वर्गीय पति श्रीकृष्णका लागी श्वेताले ल्याइन “कान्छी” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.