अब चटपटे बिक्रीमा प्रतिबन्ध लगाइदै

बाबियाचौर ९ म्याग्दी०, २५ साउन । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ ।

बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

“सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,” उहाँले भन्नुभयो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ । चटपटे अमिलो बनाउन यहाँका केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपिक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

नगरपालिकाले सडक छेउछाउमा रहेका टं्याकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा टं्याकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

The post अब चटपटे बिक्रीमा प्रतिबन्ध लगाइदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.