छोरो पढाउन दिनरात बल्क उद्योगमा मर्छु,१८ मा बिहे भयो,२३ वर्षमै श्रीमान गुमाए ! (भिडियो सहित)

हेर्दा सानी, टाउकोमा फेटा (गम्छा) बाँधेकी । हातमा बेल्चा छ तर हेर्दा लाग्छ उनलाई बेल्चा चलाउन निक्कै गाह्रो भइरहेको छ । दिउँसोको चर्को घाममा भरतपुरमा बल्क उद्योगमा भेटिएकी उनी हुन् नवलपरासीको गैंडाकोट–१५ अमरापुरीकी रेखा गुरुङ ।उनी भरतपुर महानगरपालिकाको कृष्णपुरमा रहेको एउटा ब्लक उद्योगमा काम गर्छिन् । उनी २६ वर्षकी भइन् । एक छोराकी आमा रेखाको अहिलेको परिचय एकल महिला ।उनका श्रीमानको वैदेशिक रोजगारीका क्रममा दुई वर्षअघि मलेसियामा ज्यान गएको हो । त्यति बेला उनी २३ वर्षकी मात्रै थिइन् ।

उनले आठ वर्षअघि १८ वर्षको हुँदा प्रेम विवाह गरेकी थिइन् तर घर चलाउन समस्या भएपछि रेखाका श्रीमान दुबई जानुभयो । तर उहाँको काम र तलब म्यानपावरले भनेजस्तो भएन । सम्झौताको भन्दा फरक परेपछि उहाँ एक महिनामै फर्किनुभयो ।त्यसपछि उहाँ मलेसिया जानुभयो ।दुबईबाट फर्किंदासम्म राम्रै रहेको उनीहरुबिचको सम्बन्ध मलेसिया गएपछि भने चिसिन थाल्यो । के कारण त्यस्तो भयो रेखालाई अहिले पनि पत्तो छैन । मलेसिया गएका श्रीमान वास्ता गर्न छोडे । श्रीमानको पठाएको पैसा उहाँले देख्न पाउनुभएन । उहाँले भन्नुभयो ‘श्रीमान विदेश गएपछि एकसरो लुगा लगाउन पाईन् ।’ पठाई हाले पनि रेखको हातमा पर्दैनथ्यो ।परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले परिवारबाट आशा गर्ने ठाउँ थिएन । कहिलेकाहिँ फोन गर्दा गाली गर्थे श्रीमानले । त्यसैले व्यक्तिगत खर्चका लागि मेलापात गर्नुहुन्थ्यो रेखाले । त्यही बेला दाउरा लिन जङगल गएका बेला लडेर खुट्टा भाँचियो । पुरा भिडियो हेर्नुहोस्-..

osnepal

The post छोरो पढाउन दिनरात बल्क उद्योगमा मर्छु,१८ मा बिहे भयो,२३ वर्षमै श्रीमान गुमाए ! (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.