के ठुलो स्तनले बढी यौनआनन्द दिन्छ ? डाक्टरले दिए यस्तो जानकारी

कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात ठूला स्तनलाई आकर्षक मानिन्छ र पुरुषहरू ठूला स्तनप्रति आकर्षित हुन्छन्, शायद यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसंग गाँसिएको । स्तनको नाप वा आकारको सबैभन्दा ठूलो चिन्ता वा चासो त आफ्नो यौन साथीलाई पर्याप्त आकर्षक होइन्छ या होइन्न भन्ने बारेमा हुन्छ ।

स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । पुरा स्तन नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको विशेष गरेर मुण्टो तथा वरिपरिको भाग (एरोला) यौन सम्वेदनशील हुन्छन् । स्तनको मुण्टोलाई केहीबेर खेलाए पनि यो कडा तथा उठ्ने (उत्तेजित हुने) गर्दछ । यौन प्रतिक्रिया चक्रको प्लेटु चरणमा स्तनको आकार पनि स्पष्ट रुपमा ठूलो भएको हुन्छ । स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन । तर स्तन केही ठूलो भयो या केही सानोे भयो भन्दैमा यौन क्रियाकलापमा कुनै फरक पर्ने होईन ।

कतिपयलाई बैवाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त कुनै व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा भर पर्छ । ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर छैनन् भने कति साना स्तन भएका कतिपय महिलाका सुमधुर । स्तनको आकार आफै मात्र यसको निर्णायक आधार होईन । प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने स्थिति छैन भने त्यसैको अनावश्यक रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सहज भई अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नुपर्छ ।

– डा. राजेन्द्र भद्रा

The post के ठुलो स्तनले बढी यौनआनन्द दिन्छ ? डाक्टरले दिए यस्तो जानकारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.