लण्डनको सडकमा किन्न पाइन्छ मान्छेको मासु !

काठमाडौं, ११ भदौ । बेलायतको राजधानी लण्डनको व्यस्त सहरमा मान्छेको मासु किन्न पाइन्छ भन्दा तपाईले पक्कै पत्याउनुहुन्न । तर यो सत्य कुरो हो । शनिवार लण्डनको ट्राफेल्गर स्क्वाएरमा शनिवार मान्छेको मासु बिक्रिमा राखिएको । बीच सडकमा रगतले लतपतिएका युवतीहरुको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जिउको मासु किन्न आग्रह गरिरहेका थिए ।

सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो । बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो । मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो ।

त्यो क्रियाकलाप जनावरमाथिको भेदभावको विरोधमा गरिएको थियो । डाइरेक्ट एक्सन एभ्रिह्वेयर नामक संस्थाले जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो कार्यक्रमको आयोजना गरेको हो । एजेन्सी

The post लण्डनको सडकमा किन्न पाइन्छ मान्छेको मासु ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.