मेयरका लागि कार्यकर्ताबीच कुटाकुट…

वीरगन्ज, ९ भदौ– आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयरको टिकट कसले पाउने भन्ने विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताबीच कुटाकुट भएको छ ।

वीरगन्ज महानगरपालिकाको मेयरका लागि उम्मेदवार छनौटको विषयमा विवाद बढेपछि राजपाका कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो ।

मेयरको टिकट बाँड्ने विषयमा स्थानीय कुमु होटेल प्यालेसमा बैठक बस्ने कार्यक्रम थियो । वीरगन्जको मेयरका लागि राजपाबाट राजेशमान सिंह र बिलम श्रीवास्तव आकांक्षी छन् ।

बैठक पूर्व चलेको सामान्य छलफलमा दुवै जनाले मेयरको उम्मेदवारमा आ–आफ्नो दावी गरेपछि दुवै समूहका कार्यकर्ता कुटाकुटमै उत्रेका हुन् । कुटाकुटमा बिलम श्रीवास्तव समूहका रामबाबु चौरसिया घाइते भएका छन् ।

दुवै समूहका कार्यकर्ताबीच झडप भएपछि उम्मेदवार छनौट र चुनावी रणनीतिको विषयमा छलफल गर्न बोलाइएको वैठक पनि स्थगित भएको छ ।

उक्त बैठकमा राजपाको केन्द्रीय कार्य समितिले पर्सा जिल्लाका लागि खटाएका केन्द्रीय पर्यवेक्षक विजय गुप्ता र पर्सा अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय सदस्यहरू मात्रै उपस्थिति हुने भनिएको थियो । तर राजपाबाट मेयरका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंह समूहले बैठक अगाडी शक्ति प्रर्दशन गर्दै होहल्ला गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरु नहुँदै श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ताहरूले आफ्ना नेताको पक्षमा चर्को नाराबाजी गरेका थिए । lokaantar

The post मेयरका लागि कार्यकर्ताबीच कुटाकुट… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.