युवतीलाई ‘स्विच अफ’ गरेर कपडा खोल्न इशारा गरेपछि ..

साउन २६ । यौन दुव्र्यवहार गरेको अभियोगमा मेडिकल हल सञ्चलकलाई बुधबार धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।
काममा राखेको दुई दिन लगत्तै एक युवतिलाई दुव्र्यबहार गरेपछि उनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरान–१५ सना मेडिकल हल सञ्चालन गर्दै आइरहेका धरान–३ गहुधाराका हेदर खानलाई नियन्त्रणमा लिएको हो ।

धरान १५ कै एक युवतिलाई साउन २१ गते सहयोगीको रुपमा राखेका थिए । तर, उनले साउन २३ गतेका दिन वाचा गर्न लगाउँदै जिउमा हातपात गर्न खोजेपछि बाध्य भएर आफन्तलाई भनेको पीडितका दाजूले बताए ।

उनका अनुसार बहिनीमाथि बत्ति अफ गरेर सुरुमा ‘बाचा’ गर्न लागउँदै कपडा खोल्नको लागि हातले इसारा गरेको थियो । त्यही कुरा परिवारलाई भनेपछि उनीहरुले सञ्चालक खान विरुद्ध धरान–१५ स्थित अस्थायी प्रहरी बिटमा मौखिक जानकारी गराएको थियो ।

त्यही आधारमा उनलाई इप्रका धरानले नियन्त्रणमा लिएर अहिले सोधपुछ जारी राखेको छ । खानले आफूले कुनै पनि त्यस्ता खाल्का गतिविधि नगरेको दाबी गरेको छ । उनलाई ब्लाष्टकर्मीले सोधपुछ गर्ने क्रममा उनले आफूलाई आरोप लगाएको बताए । तर, आफूले त्यस्तो गलत गतिविधि नगरेको दाबी गरेका छन् । स्थानीयबासी धेरैले खानले यस अघि पनि तीनचार जना युवतिहरुलाई यौनदुव्र्यबहार गर्ने गरेको बताउँदै आइरहेका छन् ।

खानको परिवार धरान–३ मा सिलाई कटाई गर्दै आइरहेको छ । उनले करिव उक्त मेडिकल हल खोलेको १५ वर्ष माथि भइसकेको बताइएको छ । तर, मेडिकल हल दर्ता भए नभएको र बारेमा भने कसैलाई पनि जानकारी नभएको बताइन्छ ।

–ब्लास्ट दैनिकबाट

The post युवतीलाई ‘स्विच अफ’ गरेर कपडा खोल्न इशारा गरेपछि .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.