युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना रुपन्देहीमा पनि ! हेर्नुहोस यसरी काटिन्छ कपाल

वीरगन्ज । भारतको राजस्थान, उत्तर प्रदेश, बिहार हुँदै नेपालमा भित्रिएको महिलाको चोटी (कपालको चुल्ठो काट्ने) घटनाले पर्सा र बाराका महिला र युवतीमा त्रासमा छन्।

साउन २९ गतेदेखि भदौ ३ गतेसम्म पर्सा र बारामा गरी २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आइसकेको छ। साउन २९ गते एक, साउन ३२ गते एक, भदौ १ गते ६, भदौ २ गते सात र भदौ ३ गते पाँच गरी एक सातामा २० महिलाको चुल्ठो काटिएको घटना प्रहरी समक्ष आएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए।

वीरगन्ज महानगरपालिका १६ नगवाकी ३० वर्षीया महिला बगडी चमारिन् साउन २९ गते चुल्ठो काटिएर बेहोस भएर नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएपछि पर्सामा पहिलो पटक चुल्ठो काटिएको घटना सार्वजनिक भएको थियो।

त्यसयता दैनिक पर्सा र बारामा महिला र युवतीको चुल्ठो काटिएको घटना सार्वजनिक हँुदै आएको छ। भदौ ३ गतेसम्म सार्वजनिक भएका २० घटना मध्येका अधिकांश पीडित महिलाले आफ्नो टाउँकोको पछाडि पट्टीको भागमा कुनै अज्ञात जीवले झट्का दिएपछि बेहोश भएको र अस्पतालमा पुर्याइएपछि होशमा आउँदा चुल्ठो काटिएको अवस्था भेटिएको बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।

केहीपीडित महिलाले भने अचानक अपरिचित मानिसको चित्र जस्तो देखिएको र उसले टाउँकोमा प्रहार गरेपछि बेहोश भएको र होशमा आउँदा कपाल काटिएको अवस्थामा भेटिएको बताएको गिरीले जानकारी दिए।

अहिलेसम्म सार्वजनिक भएका २० घटनामा १४ देखि ३५ वर्षसम्मका युवती र महिला पीडित छन्। प्रहरी उपरीक्षक गिरीले २० मध्ये आठ महिलाको चुल्ठो रातको समयमा र बाँकी १२ महिलाको दिउँसो चुल्ठो काटिएको बताए।

प्रहरीको अनुसन्धानमा पीडित महिलाको बयान उद्धृत गर्दै उपरीक्षक गिरीले भने, ‘टाउकोमा भेम किरा जस्तै आएर बस्यो, म बेहोस भएँ, त्यसपछि के भया भन्ने मलाई थाहा भएन।’

भारतको राजस्थान सरकारले जारी गरेको सूचना अनुसार मैकी नामको किराले टाउकोमा टोकेर गन्ध छोडेपछि महिला बेहोस हुने र त्यही किराले कपाल काट्ने गरेको छ। तर, नेपाल प्रहरीले भने यस विषयमा अनुसन्धान गरिरहेको पर्साका प्रहरी उपरीक्षक गिरीले बताए।

‘चुल्ठो काट्ने किराको पर्सा प्रहरीले खोजी गरिरहेको छ,’ उनले भने, ‘भेटिएपछि अवश्य देखाउँछौ । शारीरिक कमजोरीको कारण पनि मान्छे बोहोस हुने, मुर्छा पर्ने जस्ता घटना हुनसक्छ’, उनले भने, ‘बेहोस हुने बितिकै चुल्ठो नै काटिएको हो भन्न सक्ने अवस्था छैन।’ यस्ता घटनाले समाचार र समाजिक सञ्चालमा आउँदा महिलाहरु आत्तिने, रात भर जाग्राम बस्ने, माग्ने र एकल महिलालाई चुल्ठो काट्ने भनेर कुटपिट तथा दुव्र्यवहार गर्ने घटना समेत सार्वजनिक हुँदै आएका छन्। बारा, पर्सामा काटिएको चुल्ठोको कपालको नमुना काठमाडौंस्थित फरेन्सीक ल्याबमा परीक्षणका लागि पठाइएकाले त्यसको रिपोर्ट आएपछि मात्रै कसरी चुल्ठो काटिएको हो भन्ने विषयमा सत्य तथ्य जानकारी आउने प्रहरी उपरीक्षक गिरीले बताए। यसैबीच महिलाको चुल्ठोको कपाल काट्ने भनेर आरोप लगाएर कुटपिट गरिएका ६ जनालाई पर्सा प्रहरीले उद्धार गरेको छ। उद्धार गरिएका मध्ये एक बालिका, तीन माग्ने (भिखारी), एक बोल्न नसक्ने पुरुष र एक किसान रहेका छन्। अन्पूर्ण पोष्टमा खबर छ । हेर्नुहोस भिडियो

The post युवतीलाई बेहोस बनाएर कपाल काट्ने घटना रुपन्देहीमा पनि ! हेर्नुहोस यसरी काटिन्छ कपाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.