आज नेपाल आइडलबाट बाहिरिने पालो कसको ?

काठमाडौं, भदौ ९ – पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको रियालिटी टेलिभिजन हो नेपाल आइडलबाट शुक्रबार एक जना बाहिरिने छन् । निकै नै राेचक र प्रतिष्पर्धात्मक बन्दै गएकाे नेपाल अाइडलमा अाज कसले रुवाउने हाे त्याे भने दर्शककै हातमा रहेको छ ।

विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा पाँच जना प्रतिष्पर्धी बाँकी रहेका छन् । मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, रुपन्देहीकी सुजाता पाण्डेय, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये शुक्रबार एक जना बाहिरिने भएका छन् ।

दर्शकको भोट नै निर्णायक भएकाले को बाहिरिन्छ भन्ने अनुमान गर्न गाह्रो छ । यद्यपी सामाजिक सञ्जालमा भने अड्कलबाजी गर्न थालिएको छ । सबै प्रतियोगीका प्रस्तुतिले दर्शक र निर्णायकको मन जित्न सफल भएको छ ।

यस अघि नै बाहिरिएका प्रतियोगी सुरज थापाले सबैलाई रुवाएर गए । झलकमान गन्धर्वको गीत ‘हे बरै’ मा उनले दमदार प्रस्तुति दिएका थिए । गत हप्ता उनी बाहिरिने दिनमा पनि निर्णायक मण्डलकी सदस्य इन्दिरा जोशी, अन्य प्रतिष्पर्धी र दर्शकसमेत रोएका थिए ।

त्यस्तै, पहिले नै बाहिरिएका प्रताप लामा, मेनुका पौडेल, अफसर अली, प्रमिला राई, उल्सन श्रेष्ठ, केञ्जल मेहर श्रेष्ठलगायतका प्रतियोगीको प्रस्तुति दर्शकले निकै नै मन पराएका थिए । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ । ujyaaloonline

The post आज नेपाल आइडलबाट बाहिरिने पालो कसको ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.