चरित्रमा फिट देखिन– कोहिले नुहाएनन् कपाल, कोहीले माझेनन् दाँत

सामान्यतया सिनेमाको चरित्रमा आफूलाई ढाल्नका लागि प्राय कलाकारहरुले मरिमेटेर काम गरेका हुन्छन् । सिनेमाको लागि चाहिने लुक्स र तौलमा धेरैले काम गरेको पाईन्छ । सिनेमाको लागि तौल घटाउनु बढाउनु सामान्य भईसकेको छ । तर कहिले काही कलाकारहरुले असामान्य तरिकाले तौल पनि घटबढ गरेका हुन्छन् ।
आमिर खानले सिनेमा ‘दंगल’को लागि बढाएको तौल, प्रभासले ‘बाहुबली’का लागि बढाएको तौल, सलमान खानले ‘सुल्तान’को लागि बढाएको तौलको खुबै चर्चा भयो ।
यी सँगै बलिवुडमा अन्य केही यस्ता कलाकार पनि छन् जसले सिनेमाका लागि आफूलाई पूर्णरुपमा परिवर्तन गरिदिए । उनीहरुले आफूमा यतिसम्म बदलाव ल्याएकी उनीहरुलाई चिन्न समेत मुश्किल पर्छ । सिनेमाको लागि पूर्ण रुपमा परिवर्तन हुने कलाकारहरु मध्ये रणद्धीप हुड्डा, आलिया भट्ट, प्रियंका चोपडा लगायतको नाम अगाडि आउँछ ।

रणद्धीप हुड्डा
सिनेमा ‘सरबजीत’को लागि अभिनेता रणद्धीपले २८ दिनमै १८ किलो तौल घटाएका थिए । यस सिनेमा रणद्धीप दुब्लो र फोहोरी रुपमा देखिएका थिए । उनले फोहोरी देखिन पनि कपाल र दाह्रीमा खुबै मेहनत गरेका थिए । सिनेमाका लागि शारीरिक बदलाव भन्दा पनि भावनात्मक बदलाव हुनुपर्ने सोच राख्ने रणद्धीपले बलिवुडमा डरना जरुरी हे, जन्नत २, मर्डर ३, किक लगायतका सिनेमामा काम गरेका छन् ।

आलिया भट्ट
सानो उमेरमा सफलता पाउने अभिनेत्रीको सूचिमा पर्छिन् आलिया भट्ट । सिनेमा ‘उडता पंजाब’को लागि फिल्म फेयर अवार्ड हात पारेकी आलियाले यस सिनेमाको लागि खुबै मेहनत गरेकी थिईन् । यस सिनेमामा बिहारी युवतीको भूमिकामा परफेक्ट देखिनको लागि उनले २० दिनसम्म कपाल नुहाईनन् । ‘स्टुडेन्ट्स अफ द ईअर’बाट सिने नगरीमा डेब्यु गरेकी आलियाले त्यसपछि हाईवे, २ स्टेट, उडता पंजाब, बद्रिनाथकी दुल्हनिया, शानदार लगायतका सिनेमामा काम गरेकी छिन् ।

सेफअलि खान
सिनेमा ओमकारामा सेफअलि खान भिलनेको भूमिकामा देखिएका थिए । यस सिनेमामा भिलेनको भूमिका निर्वाह गरेर सेफले राष्ट्रिय अवार्ड समेत हात पारे । उनले यस सिनेमाको चरित्रमा ढल्नको लागि खुबै मेहनत गरे । उनको मेहनतको चाखलाग्दो कुरा के छ भने फोहोरी भिलेन देखिनु पर्ने भएका कारण उनले २० दिनसम्म दाँत माझेनन् ।
क्या कहना, दिल चाहता है, एक हसीना थी, हम तुम, रेस, टशन, ककटेल, रंगुन लगायतका सिनेमामा काम गरेका सेफ बलिवुड सिने उद्योगमा सफल अभिनेताको रुपमा स्थापित छन् ।

प्रियंका चोपडा
प्रियंका चोपडाले सिनेमा ‘मेरी कोम’मा काम गर्दा खुबै मेहनत गरेकी थिईन् । उनले यस सिनेमामा मेरी कोम जस्तो देखिनकै लागि शरीरमा खुबै काम गरिन् । उनले सिनेमा छायाकंन हुनुभन्दा पहिले तीन महिना मेरी कोम कोचसँग ट्रेनिङ लिएकी थिईन् । उनले रियल बक्सरसँग पनि फाईट गरिन् । प्रियंका पछिल्लो समय बलिवुड भन्दा बढी हलिवुडमा व्यस्त छिन् । उनका किस्मत, ऐतराज, कृष सिरिज, डन, अग्निपथ लगायतका सिनेमाहरु चर्चित छन् ।

ऋतिक रोशन
अभिनेता ऋतिक रोशनले सिनेमा ‘गुजारिश’मा प्यारालाईसिस म्याजियिशिनको भूमिका निर्वाह गरेका थिए । यस चरित्रमा परफेक्ट देखिनको लागि ऋतिक केही घण्टासम्म व्हील चियरमा बस्ने गर्थे । यस्तो गरेर उनी खुट्टाले काम नगर्दा कस्तो हुन्छ भन्ने कुरा महसुस गर्न चाहन्थे । ऋतिकले बलिवुडका दर्जनौँ सफल सिनेमाहरुमा काम गरेका छन् । उनले काम गरेका सिनेमा मध्ये कृष सिरिज, फिजा, मिशन कश्मिर, यादेँ, जोधा अकबर, काबिल लगायत चर्चामा छन् ।

प्रिती जिन्टा
अभिनेत्री प्रिती जिन्टाले सिनेमा ‘लक्ष्य’ २००४ मा रिपोर्टरको भूमिका निर्वाह गरेकी थिईन् । यस सिनेमामा प्रितीलाई छोटो कपालमा देख्न सकिन्छ । धेरै कमलाई थाहा होला यस सिनेमामा परफेक्ट देखिनको लागि प्रितीले आफ्नो कपाल काटेकी थिईन् ।

पछिल्लो समयमा सिनेमाबाट टाढा रहेकी प्रितीले एकताका भने लगातार सुपरहिट सिनेमामा काम गरेकी थिईन् । उनले काम गरेका सिनेमा मध्ये, दिल से, सोल्जर, क्या कहना, अरमान, कोई मिल गया, कल हो ना हो, दिल है तुम्हारा, वीर जारा लगायतका सिनेमाहरु चर्चित छन् । source:gufgaf

The post चरित्रमा फिट देखिन– कोहिले नुहाएनन् कपाल, कोहीले माझेनन् दाँत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.