अब के होला : चिनियाँ सेनाद्वारा युद्ध आरम्भ, दर्जनौं क्षेप्यास्त्र प्रहार

एजेन्सी। चिनियाँ सेनाले युद्धका लागि तयारी अवस्थामा रहने उद्देश्यले युद्धअभ्यास गरेको छ । भारतसँगको तनाव, उत्तर कोरियाद्वारा लगातार परमाणु परीक्षण र दक्षिण चीन सागरमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेप लगायतका पृष्ठभूमिबीच चीनले युद्धअभ्यास गरेको हो । चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी थिए । चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार ‘यल्लो सी’ र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका थिए ।
युद्धअभ्यासमा नौसेनाको दर्जनौं पोत र वायुसेनाका १० भन्दा बढी लडाकु विमान सामेल थिए । रक्षा मन्त्रालयका अनुसार आफ्नो हतियारको परीक्षण र तटीय हमला र हवाई लक्ष्यमा अचुक निशानाका लागि सैन्य क्षमता विकास गर्ने उद्देश्यले युद्धअभ्यास गरिएको हो । चीनले आफ्नो समुद्री क्षेत्र दाबी गर्दै आएको दक्षिण चीन सागरमा पछिल्लो समय अमेरिका लगायतले हस्तक्षेप गर्दै आएका छन् । केही अघि अमेरिकी युद्धपोत दक्षिण चीन सागर क्षेत्रमा पुगेको थियो ।

त्यस्तै भारतसँग दोकलाममा सैन्य तनाव कायम छ । भुटान र चीनबीचको सीमा क्षेत्रमा भारतीय सेना र चिनियाँ सेना आमने–सामने अवस्थामा छन् । सो क्षेत्रमा भारतीय सेनाको उपस्थितिलाई चीनले कडा आपत्ति जनाउँदै आएको छ । त्यस्तै उत्तर कोरियाले लगातार परमाणु परीक्षण गर्दै आएपछि कोरियाली द्वीपमा समेत तनाव बढ्दै गएको छ ।

The post अब के होला : चिनियाँ सेनाद्वारा युद्ध आरम्भ, दर्जनौं क्षेप्यास्त्र प्रहार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.