यी हुन् ६३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले मरेको सिनो खान्छन्

लन्डन । इरानमा एकजना यस्ता व्यक्ति छन्ले ६३ वर्षदेखि ननुहाएको खुलेको छ ।

८३ वर्षीय अमोउ हाजीको शरीरमा मैलोको मोटो पत्र जमेको छ । तर, अमोउ भन्छन्, ‘यही फोहोरका कारण ८३ वर्षदेखि म स्वस्थ छु ।’ फोहोरकै कारण लामो जीवन जिउन सकेको उनी तर्क गर्छन् ।

ननुहाएकै कारण उनी आफ्नो गाउँबाट केही टाढा बस्छन् । केही गाउँले वेलावेलामा उनलाई भेट्न भने पुग्छन् । गाउँलेहरूले उनलाई सानो झुपडी नै बनाइदिएका छन् ।

अमोउको खान्की पनि अचम्मको छ । उनी प्राकृतिक तरिकाबाट मारिएका या कार दुर्घटनामा परेर मरेका जनावरको सडेको मासु मन पराउँछन् । बाहिरी सुख–सुविधा त्यागेर पनि आफू खुसी रहेको उनी बताउँछन् ।

अमोउ कहिल्यै ननुहाए पनि दैनिक दुई ग्यालेन पानी भने पिउँछन् । धेरै पानी पिउँदा शरीर स्वस्थ हुने उनी बताउँछन् । कतिपयले उनलाई नुहाउने सल्लाह पनि दिए । उनलाई त्यो सुझाब चित्त बुझेन । उनी भन्छन्, ‘सरसफाइका कारण म बिरामी पर्छु ।’ – एजेन्सी

The post यी हुन् ६३ वर्षदेखि ननुहाएका व्यक्ति, जसले मरेको सिनो खान्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.