प्रधानमन्त्री देउवामाथि गम्भीर आरोप लगाएर ओली थाइल्याण्ड उडे..

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा हाल पाँच दिने भारत भ्रमणमा रहेका छन् । भ्रमणको दोस्रो दिन बिहीबार प्रधानमन्त्री देउवाले उच्चस्तरीय भेटवार्ता गरेका थिए । साथै केही सम्झौतापछि देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरियो । सोहीक्रममा प्रधानमन्त्री देउवाले दुई तिहाईं पुर्याएर संविधान संशोधन गर्ने वचन दिएका थिए ।

भारतीय समकक्षी मोदीलाई नेपालको संविधान संशोधन गर्ने वचन दिएको जानकारी गराइयो । भारतलाई संविधान संशोधन गर्ने देउवाले दिएको वचनप्रति प्रमुख विपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

देउवाको उक्त वचनले नेपालको शीर झुकाएको भन्दै एमालेले विरोध जनाएको हो । नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्डको बैंकक जानेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई एमाले अध्यक्ष ओलीले नेपालको आन्तरिक विषयमा भारतलाई प्रतिबद्धता जनाउनु देशको शीर झुकाउने कार्य भएको भन्दै देउवाको आलोचना गरे । साथै उनले प्रधानमन्त्रीको हाउभाउ, अभिव्यक्तिले देशकै शीर निहुरिएको जिकीर गरे ।

सार्वभौमसत्ता सम्पन्न व्यवस्थापिका संसद्को धज्जी उडाउने कार्य प्रधानमन्त्री देउवाले गरेको भन्दै ओलीले भने ‘प्रधानन्त्रीले संसद्ले गरेको फैसलालाई धज्जी उडाउनु भएको छ । गिडगिडाएर क्षमायाचनाको भाषामा भन्नु भएको छ, प्रभु मैले कोसिस गरेको थिएँ तर सकिँन ।’

मुलुकको स्वाभिमानलाई ख्याल नगरि प्रधानमन्त्री देउवाले असान्दर्भिक रुपमा संविधान संशोधनको विषय ल्याएको ओलीको आरोप छ । medianp

The post प्रधानमन्त्री देउवामाथि गम्भीर आरोप लगाएर ओली थाइल्याण्ड उडे.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.