विहारमा बाढी आयो, दोष नेपाललाई

नेपाल आफै पनि बाढीको भीषण चपेटामा परेर विपत्तिग्रस्त बनिरहेका बेला भारतीय सञ्चार माध्यमले विहारमा भैरहेको डुबान र कटानको समस्या नेपालबाट धेरै पानी छोडिएकोले उत्पन्न भएको भनेर दुष्प्रचार गरेको पाइएको छ । हिन्दूस्तान डट कमले ‘विहार बाढी : ३५ लाख आवादी चपेटामा, नीतीशले आज गर्दैछन् हवाई सर्वेक्षण’ शीर्षक समाचारमा लेखेको छ, ‘‘तीव्र वर्षा र नेपालबाट छोडिएको पानीका कारण विहारमा बाढीको स्थिति भयावह भएको छ । उत्तर विहारको ४० प्रखण्डका लगभग ३५ लाख जनसंख्या बाढीले घेरिएको छ । राज्यको सीमाञ्चलका एक दर्जन जिल्लामा बाढीको पानी प्रवेश गरेको छ । किशनगञ्ज र अररिया जिल्लाको स्थिति सबैभन्दा समस्याग्रस्त बनेको छ । दुवै सहरमा तीनदेखि चार फिट पानी बगिरहेको छ । राज्य सरकारले स्थितिको गम्भीरता देखेर सेनासँग मद्दत मागेको छ । मुख्यमन्त्री नीतीशकुमारले आज बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्दैछन् ।’’

समाचारअनुसार पूर्णियाको बायसी प्रखण्डअन्तर्गत कदमसाडीमा अलपत्र परेका झण्डै २०० व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षित ठाउँमा लैजाने काम सुरु भएको छ । मुख्यमन्त्री नीतीशकुमारले राज्यका उच्च अधिकारीहरूसँगको आपत्कालीन बैठकमा प्रभावित जिल्लाका प्रमुखहरूलाई तत्काल हवाईमार्गबाट आआफ्नो जिल्लामा पुगेर क्याम्प खडा गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले बाढीका कारण अलपत्र परेका र घेरिएका व्यक्तिहरूलाई तुरुन्त निकालेर सुरक्षित थलोमा पुर्याउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्रीले सेनालाई अलर्ट राखिएको र आवश्यक परेमा सैनिकबाट मद्दत लिइने बताएका छन् । बाढीको भयावह अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री नीतीशकुमारले आइतबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र रक्षामन्त्री अरुण जेटलीसँग टेलिफोन वार्ता गरेको समाचारमा जनाइएको छ ।

हिन्दूस्तान डट कमले वाल्मीकिनगर गण्डक ब्यारेजबाट ४.८५ लाख क्युसेक पानी छाडिएकाले स्थिति विकराल भएको दाबी गरेको छ । समाचारअनुसार विहारका अररिया, मधेपुरा, सहरसा, सुपौल, पूर्वी चम्पारण, पश्चिम चम्पारण, पूर्णिया, कटिहार, किशनगञ्ज, सीतामढी, दरभंगा र मधुबनीमा स्थिति गम्भीर छ । बाढीका कारण उत्तर विहार र बंगालअन्तर्गत किशनगञ्ज–सिलिगुडी रेलमार्ग ठप्प भएको छ । यसले गर्दा भारतको मूल भूभागसँग पूर्वोत्तरका आठ राज्यको सम्पर्क विच्छेदजस्तै भएको छ । कटिहारदेखि सिलिगुडीसम्मको रेलमार्गमा ठाउँठाउँमा पानी जम्नाले आइतबार १८ भन्दा धेरै रेलहरूले आफ्नो सेवा रद्द गरेका थिए । साभार श्राेतः बाह्रखरी डटकम बाट

The post विहारमा बाढी आयो, दोष नेपाललाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.