काठमाडौं- अभिनेत्री श्वेता खड्काले निर्माण गर्ने फिल्म ‘कान्छी’को भदौ २ गतेदेखि सुटिङ सुरु हुने भएको छ । आकाश अधिकारीको निर्देशनमा बन्ने फिल्मबारे सोमबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइयो ।
निर्देशक अधिकारीकै कथा रहेको फिल्ममा श्वेताका साथ दयाहाङ राई प्रमुख भूमिकामा छन् । मुस्ताङका विभिन्न स्थानमा खिचिने फिल्म ग्रामीण भेगको कथामा निर्माण गर्न लागिएको निर्देशक अधिकारीले बताए । अधिकांश दृश्य मुस्ताङमै खिचिने फिल्म मौलिक नेपाली कथामा रहेको दाबी अधिकारीको छ ।
‘कहाँ भेटिएला’बाट डेब्यु गरेकी श्वेताले त्यसपछि ‘श्रीमान्–श्रीमती’, ‘हाँसिदेऊ एकफेर’, ‘कोहिनुर’लगायतका फिल्ममा अभिनय गरिन् । दुई वर्षयता अभिनेता पति श्रीकृष्णको निधन भएपछि शोकमा डुबेकी श्वेता कान्छीबाट पर्दामा पुनरागमन गर्दै छिन् । बीचमा आफूलाई थुप्रै फिल्मबाट अफर आए पनि आफूले स्विकार्न नसकेकोमा माफी माग्दै श्वेताले कान्छीमार्फत पुनः दर्शकमाझ आउने आफूले तयारी गरेको बताइन् ।
‘मलाई सबैले माया गरिदिनुहोला । हाम्रै गाउँघरको कथामा कान्छी निर्माण गर्दै छु,’ उनले भनिन्, ‘कलाकारिताप्रतिको मेरो अगाध लगावका कारण अब निर्मात्रीका रूपमा तपाईंहरूसमक्ष आउँदै छु ।’ कार्यक्रममा श्वेताले बाढीपीडितका लागि आफ्नो तर्फबाट एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् ।
पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा श्वेता र दयाहाङका साथमा नीर शाह, अनुशा शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतले अभिनय गर्दै छन् । फिल्ममा शम्भुजीत बास्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । कान्छी माघ २६ गते प्रदर्शन हुने निर्देशक अधिकारीले घोषणा गरेका छन् ।नयाँ पत्रिकाबाट
The post दयाहाङकी कान्छी बन्दै श्वेता, भदौ २ गते निस्कियो दिन … appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.