अक्षय र रजनीकान्तको फिल्म ‘२.०’ रिलिज अगाडि नै सय करोड कमायो

काठमाडौं, ३१ साउन । रजनीकान्त र अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘२.०’ ले रिलिज अघि नै सय करोड कमाएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो फिल्मले रिलिज अगाडि नै ११० करोड कमाई गरिसकेको छ । फिल्म दिपावलीमा प्रदर्शनमा आउने बताइएपनि भीएफएक्स गर्न ६ महिनाभन्दा बढी लाग्ने भएपछि फिल्मको रिलिज तोकिएको छैन ।

फिल्मको स्याटेलाइट राइट्स जी नेटवर्कले खरीद गरेको छ । फिल्म निर्माणमा ४ सय करोड खर्च भएको छ । यो फिल्म बलिउडको सबैभन्दा महंगो फिल्म समेत हो । यो फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा छन् भने रजनीकान्त फिल्ममा हिरोको भूमिकामा छन् ।

फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको डिस्ट्रीब्यूशन राइट्स द ग्लोबल सिनेमाले खरीद गरिसकेको छ । फिल्मको बजेट जस्तै प्रमोशनमा पनि निकै मोटो रकम छुट्याइएको छ । फिल्मको प्रमोशनका लागि मेकर्सले १५० करोड छुट्याएको छ । फिल्मलाई एस शंकर के ले निर्देशन गरेका हुन् । एजेन्सी

The post अक्षय र रजनीकान्तको फिल्म ‘२.०’ रिलिज अगाडि नै सय करोड कमायो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.