‘कमिटमेन्ट’का लागि निखिलले बनाए यस्तो ज्यान

एक्सन स्टार निखिल उप्रेती अहिले नयाँ फिल्म ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’को छायाँकनमा व्यस्त छन् । झण्डै ३ करोड आसपासको लगानीमा निर्माण हुन लागेको यो फिल्मलाई निखिल आफैले निर्देशन गरिरहेका छन् । फिल्ममा निखिलको नै मुख्य भूमिका छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा यो फिल्म निर्माण हुन लागेको हो ।

एक्सनमा नयाँ प्रयोग गर्न रुचाउने निखिलले ‘कमिटमेन्ट’मा पनि एक्सनलाई विशेष प्राथमिकता दिएका छन् । ‘कमिटमेन्ट’का लागि अहिले उनी आफ्नो ज्यान बनाउन निकै दुःख गरिरहेका छन् । निखिलले आफ्नो ज्यान बनाउन जिममा कडा व्यायाम गरेको तश्वीर अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । तश्वीरबाट के स्पष्ट हुन्छ भने ‘कमिटमेन्ट’का लागि निखिल सिक्सप्याक बनाउँदैछन् ।

लगातार एकपछि अर्को फिल्म असफल हुँदा आफ्नो स्टारडम जोगाउने दौडमा हरेका निखिलले ‘कमिटमेन्ट’का लागि भने निकै मिहिनेत गरेको देख्न सकिन्छ । कमजोर कथावस्तु र दिकदार लाग्ने भूमिकाले दर्शक समेत ह्याङ भैसकेको अवस्थामा निखिल ‘कमिटमेन्ट’बाट खुशी तुल्याउने प्रयासमा छन् ।

निखिलका अलावा यो फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ । फिल्ममा सञ्चिता लुइँटेलकी बहिनी सिवानी लुइँटेल निखिलको अपोजिटमा देखिँदैछिन् ।

नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यू गरेर नेपाल ल्याउन ६० घण्टाको कमिटमेन्ट गरेको हुन्छ । त्यो कमिटमेन्ट पूरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा हो । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ ।

The post ‘कमिटमेन्ट’का लागि निखिलले बनाए यस्तो ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.