२ लाखभन्दा कम मूल्यमा बन्छ ‘अत्याधुनिक’ नेपाली घर

भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए।

विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ। भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन्।

यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ।

बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ।

‘अब घर बनाउँदा सोच्नै पर्ने बेला भएको छ, कंक्रिटका भन्दा हाम्रै स्थानीय साधन प्रयोग गरेर पनि बलिया घरहरू बनाउन सकिन्छ,’ आवारीका निर्देशक नृपल अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले नेपाली परम्परागत घरहरूलाई नै आधुनिक प्रविधि र डिजाइन गर्छौ, यो सुरक्षित पनि हुन्छ,सस्तो पनि हुन्छ।’

आवारी आफैं पनि यस्ता घरहरू सस्तो मूल्यमा बनाइदिने दाबी गर्छ। दुई लाख रूपैयाँमा आवारीले दुईवटा कोठा र एउटा भान्साकोठासहितको नेपाली परम्परागत घर बनाइदिन्छ।

स्थानीय सामाग्री आफैसँग भएका ग्राहकका लागि अझै कम पैसामा यस्ता घर बन्छन्।

नृपलका अनुसार, शहरमा बनाउँदा उनीहरू आफैले घरका लागि चाहिने सामाग्रीहरु खोजी गरेर ल्याउँछन्। गाउँमा भने स्थानीय सामाग्री नै प्रयोग गर्न सजिलो र राम्रो पनि हुन्छ।

२२ ईन्चसम्मको जग लगाएपछि कस्तो घर बनाउने हो त्यस्तै भित्ता उठाइन्छ। खास गरि उनीहरू माटो थिचेर भित्ता उठाउँछन्।

उनीहरूले बनाउने घरमा काठ र पिलरको सट्टा बाँसको प्रयोग गरिन्छ। ग्राहकले चाहे अनुसार भित्ता बाँस, माटो या ढुंगाको हुन सक्छ।

छानामा पनि बाँस नै प्रयोग हुन्छ तर बाहिरबाट जस्ता,स्लेट, खर जेले पनि छाउन सकिन्छ।

माटोलाई ‘रिफाइन’ गरेर सिमेन्टजस्तै बनाएपछि त्यसले भित्ताहरु पोत्ने काम गर्छन्। ‘माटो पनि सिमेन्ट भन्दा कम छैन,’ आवारीका निर्देशक अधिकारीले भने,‘हामीकहाँ धेरै थरि माटो छ त्यसैलाई प्रयोग गर्न सकिन्छ, माटो कहिलै बिग्रदैँन भत्किएपछि पनि यसको फेरि प्रयोग गर्न सकिन्छ।’

नृपलले यस्ता घर बनाउँदा ठाउँ हेरी बनाउन सुझाव दिएका छन्। उनका अनुसार, पहाड र हिमालमा बनाउँदा भित्तामा बाँस माटो र ढुँगा प्रयोग गर्न सकिन्छ। तराईमा भने बाँसले नै बारेको घर उपयुक्त हुन्छ।

तातो चाहिने भएकाले बाहिरी भित्ता पहाडमा ढुंगा या माटोको बनाउन सकिन्छ। तराईमा भने बाँसको घर नै उपयुक्त हुने नृपलले जिकिर गरे।

माटोले वातावरणलाई मौसम अनुसार न्यानो र शीतल राख्न मद्दत गर्छ। यस्ता घरहरुलाई नृपल अर्ग्यानिक घर भन्छन्। यी घर खास गरि भूकम्प प्रतिरोधात्मक पनि हुन्छन्।

बाँसलाई किराबाट जोगाउन यसको ट्रिटमेन्ट गरिने उनले बताए।

‘पहिले हामीलाई बाँसमा भएको गुलियो पदार्थकै कारण छिट्टै किरा लाग्ने हुन्छ भन्ने चिन्ता थियो। तर, हामीले ट्रिटमेन्टको आइडिया निकाल्यौँ’ नृपलले भने।

ट्रिटमेन्ट गरेपछि बाँसलाई झ्याप्प आगोले पनि नसमात्ने भैसकेको हुन्छ। तर आगो नै नलाग्ने भन्ने हुँदैन।

अहिले नृपलको टिममा २५ जना छन्। गाउँगाउँबाट यस्ता घर बनाउन माग आएमा उनीहरू त्यहाँ गएर स्थानीयलाई तालिम दिने योजनामा छन्। तालिम पाएपछि जसले पनि यस्ता घर बनाउन सक्ने नृपलले बताए।

उनले आफू नेपालका गाउँगाउँ सम्म पुगेर स्थानीय घर, प्रविधि र सामाग्रीको अध्ययन अनुसन्धान गरेको बताउँछन्। भारत, भुटान, उत्तर अमेरीका जस्ता ठाउँहरुमा उनले माटो र बाँसका घरहरु बनाउन सिकाइसकेका छन्।

नेपालमा केही मात्रामा घर बनाएपछि उनको टिमले गतसाल भारतको विहारमा एक हजार वटा बाँसका घरहरु बनाएको थियो।setopati

The post २ लाखभन्दा कम मूल्यमा बन्छ ‘अत्याधुनिक’ नेपाली घर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.