सुँगुरको मासु खानुहुन्छ भने तपाई लाइ यी कुरा हरु थाहा हुनै पर्छ

मासु सेवन केहि फाइदाजनक छ । मासुमा प्रोटिन हुन्छ, जसले मसल्स निर्माणमा सहयोग गर्छ । यसका साथै मासुमा केहि मिनरल्स पनि मिल्छ, जो मानव शरीरको लागि आवश्यक हुन्छ ।

तर, मासुको फाइदा भन्दा बढी बेफाइदा छ । खासगरी रातो मासु (रेड मिट)को सेवनले उच्च रक्तचाप, हृदय रोग, कोलोस्टोर बढाउँछ । यसका सथै मासुमा वोसोकामात्रा पनि बढी हुन्छ, जसले मोटोपन बढाउने नै भयो । त्यसैले कुनैपनि रोगमा चिकित्सकहरुले सर्तक गराउँछन्, ‘रेड मिट नखानु होला ।’

कति हानिकारक सुँगुरको मासु

धेरै रोगमा खसीको मासु बर्जित छ । तर, ह्वाइट मिट अर्थात सुँगुरको मासु -पोर्क) पनि खान लायकको भने छैन । हालै भएको एक अध्ययनले यस्तै तथ्य बाहिर ल्याएको छ । नियमित रुपले सुँगुरको मासु सेवन गर्नु निकै हानिकारक हुने त्यसमा उल्लेख छ ।

किन हानिकारक ?

– भाइरलको कारणले हुने हेपटाइटिस ए र बिको रोगी त हामीले देखेकै छौ । यसैगरी हेपटाइटिस ई पनि हुन्छ । यसमा मुटु सुन्निने, मांसपेशीको बिमार, रक्त बिकार, जोर्नीको दुखाई जस्ता लक्षण देखापर्छ । यो रोग खासगरी गर्भवतीका लागि खतरनाक हुनसक्छ । अध्ययनबाट थाहा भएको छ कि, सुँगुरको मासुबाट हेपटाइटिस ई भाइरस सर्न सक्छ । किनभने उक्त मासुमा हेपटाइटिस ईको भाइरस अधिक हुन्छ ।

– शोधकर्ताका अनुसार सुँगुरको मासुले मल्टीपल स्केलेरोसिस जस्ता भयांकर बिमारको खतरा बढाउँछ । मल्टीपल स्केलेरोसिस एक गंभिर अटोइम्युन रोग हो, जसले शरीरका भित्री अंगहरुमा क्षति पुर्‍याउँछ । दृष्टिमा समस्या हुनु, मांसपेशी कठोर हुनु, संवेदना कम हुनु आदि यसका लक्षण हुन् ।

यसमा पथोगेन्स हुन्छ, जसले स्नायु प्रणालीलाई प्रभावित गर्छ । त्यती मात्र कहाँ हो र ? सुँगुरको मासुमा अघुलनसिल बोसो हुन्छ, जो लिभर क्यान्सरको कारण बन्न सक्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.