आम्दानीको स्रोत बन्दै वनमारा झार- मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने

काठमाडौँ – अर्गानिक वल्र्ड प्रा.लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ ।

गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा पोल्नमै व्यस्त छन् ।

वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् । काभ्रे कोशीपारीका ६५ बर्षिय बाबुराम तामाङ दैनिकजसो पाखामा काँडा काटिरहेको अवस्थामा भेटिन्छन् । बारीमा लगाएको मकै, दुम्सी र बदेलले छिनमै स्वाहा बनाउने तामाङलाई केहीबर्ष अघिसम्म दैनिक छाक टार्न मुस्किल पर्ने गर्दथ्यो ।

‘अहिले भने मेरा सुखका दिन आए, यसरी बनको फोहोरबाट मोहोर कमाईएला भन्ने मैले सोचेको पनि थिइन्’ उनले सुनाए ।

उनीमात्र होइन, वनपाखामा त्यसै उम्रिएर हैरान हुने उन्यू, बनमारा, ऐसेलु लगायतका काँडा यतिखेर यस क्षेत्रका किसानका लागि गतिलो आम्दानीको स्रोत बनेको छ । झाँडी काटेर कृषकहरुले चारकोल बनाउन सुरु गरेसँगै यस क्षेत्रका किसानहरुको आर्थिक स्थीतिमा समेत सुधार आएको हो ।

दाउरा, काठ र सुकेका बायोमासबाट चारकोल बनाइन्छ । यसलाई गोल पनि भनिन्छ । केही समयअघिसम्म त्यसैखेर गइरहेको बुट्यानलाई काटेर जलाएपछि निस्कने चारकोलको व्यापारबाटे आम्दानी गर्न सकिन्छ भन्ने कुरा यस क्षेत्रका किसानहरुलाई थाहा थिएन ।

वनपाखामा झाँडी बढ्दा बन्यजन्तुले दुख दिएर खेतबारीमा लगाएको बालीनाली समेत नष्ट हुने गर्दथ्यो । तर अहिले झाडी कटानले गर्दा वन्यजन् तुको भय समेत खेप्नु परेको छैन ।

जैविक इन्धनको रुपमा चारकोललाई लिइन्छ । झाडी पोलेर तयार हुने चारकोलबाट खाना पाकाउन, होटल तथा रेस्टुरामा मात्र हैन ईट्टा भट्टामा कोइलाको विकल्पमा समेत प्रयोग गर्न किफायति मानिन्छ ।

चारकोल निर्माणबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनाल बताउँछन् ।

रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गर जस्ता खेर जाने बायोमासलाई विशेष प्रविधि रिट्रोट भित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोग गर्न सकिन्छ ।

कृषिजन्य अवेशष, पातपतिङ्गर, सुकेका फलफूलका बोक्रा, रुखका बोक्रा, धुलो आदिबाट पनि चारकोल तयार गर्न सकिन्छ । चारकोलको लागत ठाउँ हेरेर प्रतिकेजी १९ देखि २२ रुपैयाँ पर्दछ ।इँटाभट्टामा कोइलाको प्रयोगबाट निस्कने धुवाँमा कार्वनडाइअक्साइडको मात्रा अत्यधिक रहेको जानकारहरु बताउँछन् ।

मुलुकका करिब ८०० वटा इँटाभट्टाले वर्षमा करिब पाँच लाख ६५ हजार मेक्ट्रिक टन कोइला खपत गर्दछन् । इँटा भट्टाबाहेक चारकोललाई घरायसी इन्धनको रुपमा खाना पकाउन, कोठा तताउन र होटल, रेस्टुराँलगायत अन्य उद्योग र कारखानामा पनि प्रयोगमा ल्याउन सकिने भएकाले यसको व्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने अर्गानिक वल्र्ड प्रा.लि.का संचालक राजन पराजुली बताउँछन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.