यो पढेपछि बाँचुञ्जेल बन्दा कहिल्यै भुल्नु हुने छैन

यस्ता छन बन्दा खानुका ८ फाइदा

बन्दा तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग गरिन्छ । यसमा कैयौं औषधीय गुण हुन्छन्, जसले हामीहरुलाई निरोगी बनाउँछ । जानौं बन्दा सेवनबाट हुने फाइदा :

कब्जियतबाट छुटकारा बन्दामा रहेका केही सुक्ष्म तत्वले शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्छ र शरीरको पाचन प्रक्रिया, मेटाबोलिजमलाई नियमित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । ताजा बन्दामा नुन, मरिच तथा कागतीको रस मिसाएर दैनिक बिहान खाली पेटमा खानाले २, ४ हप्तामै कब्जियतको समस्या समाधान हुन्छ ।

पेटका लागि उपयोगी ताजा बन्दको रसमा भिटामिन यु नाम यस्तो दुर्लभ भिटामिन पाइन्छ, जसमा अल्सरसमेत निको पार्न सक्ने गुण हुन्छ । बन्दाको रस पिउनाले पेप्टिक अल्सर अर्थात् पेटको घाउ ठीक हुन्छ । भिटामिन युको यु अक्षर ल्याटिन भाषाको शब्द युलसबाट लिइएको हो, जसको अर्थ हुन्छ अल्सर । नियमित रुपमा बिहान र बेलुकी एक–एक कप ताजा बन्दाको रस पिउनाले अल्सरको समस्यामा समेत लाभ हुन्छ ।

पिसाबसंबन्धी समस्यामा बन्दामा खनिज लवण प्रचुर रुपमा पाइन्छ, जो मूत्र प्रणालीमाथि नियन्त्रण राख्न सहायक सिद्ध हुन्छ । रोकिएर पिसाब आउने समस्यामा बन्दाको आधा कप दिनहु पिउनाले आराम मिल्छ ।

कोलेस्ट्रोल घटाउँछ दैनिक रुपमा बन्दा खाँदा कोलेस्ट्रोलको मात्रा घट्ने विभिन्न अध्ययनले पुष्टि गरेको छ । वास्तवमा बन्दाले राम्रो कोलेस्ट्रोलको मात्रा ९एचडीएल० बढाउने र खराब कोलेस्ट्रोल घटाउने गर्छ । यससँगै बन्दाको जुसले मुटुको धमनीमा रगत बाक्लो हुने समस्याबाट समेत मुक्त गराउँछ । यसले मुटुको रोगबाट मुक्त गराउँछ । बन्दामा हुने फाइबरले कोलेस्ट्रोल घटाउँछ ।

खनिज र भिटामिन बन्दा भिटामिन सी, पोटासियम र म्याग्नेसियमको महत्वपूर्ण स्रोत हो । अत्यधिक पोटासियमयुक्त खानेकुराले उच्च रक्त चाप नियन्त्रण गर्नुका साथै मुटुको रोगको खतरा न्यून गरिदिन्छ । उता म्याग्नेसियमले मुटुको रोगबाट मुक्त गर्नुका साथै चिनि रोगबाट समेत बचाउँछ । बन्दामा एकदमै हरियो र पहेँलो फलमा हुने एक प्रकारको पोषक तत्व हुन्छ ,जुन हाम्रो शरिरमा पुगेपछि भिटामिन ए मा परिवर्तन हुन्छ ।

तौल घटाउँछ त्यसो त सागपातको बढी उपभोग गर्दा तौल घटाउन सहयोग मिल्छ । तौल घटाउन सहयोग पु¥याउने सागसब्जीमध्येको महत्वपूर्ण सब्जी हो बन्दा । तसर्थ तौल घटाउन चाहनेका लागि बन्दा एउटा महत्वपूर्ण औषधी हो । बन्दामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ मात्र बनाउँदैन यसले तपाईँको शरिरलाई सन्तुष्टि पनि बनाउँछ जसका कारण तपाईँको तौल पनि घट्छ ।

क्यान्सरको खतरा घट्छ बन्दाको निरन्तर उपभोगले शरिरबाट उत्तेजक मेटाबोलिजमलाई बाहिर फाल्न सहयोग गर्नुका साथै कोलेस्ट्रोलको उचित उपयोग गरीे क्यान्सर हुनबाट मुक्त गर्छ । बन्दामा एन्डिअक्सिडियन्ट भएकोले क्यान्सर र अन्य रोगबाट मुक्त गर्न सहयोग गर्छ ।

दृष्टिमा सुधार ल्याउँछ कमजोर दृष्टि भएका बन्दालाई आफ्नो खानाको एउटा महत्वपूर्ण अंश बनाएर दृष्टिमा सुधार ल्याउन सक्छन् । बन्दामा पाइने स्यान्थोपी हाम्रो आँखालाई स्वस्थ राख्न उपयोगी हुनुका साथै बुढेसकालमा आखा कमजोर हुने समस्याबाट बचाउँछ । यसमा हुने भिटामिन ए आँखाका लागि निकै लाभदायक हुन्छ । बन्दालाई पकाएर भन्दा काँचै खाँदा फाइदा हुन्छ । पकाएर खाँदा यसमा भएका पोषकतत्व नष्ट हुन्छ । यसलाई सलादको रुपमा प्रयोग गर्दा धेरै फाइदा हुन्छ । बन्दालाई काटेर अन्य तरकारी, दाल, सब्जी वा अन्य तयारी खानामा मिसाएर खान सकिन्छ । बन्दामा थोरै पानी मिसाए यसलाई राम्रोसँग पिसेर यसको जुस निकाल्न सकिन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.