छोरा साउदीको जेलमा : ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर पुरा गर्न सरकार सङ्ग गुहार …

काठमाण्डाै । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए।

कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थिए। उनले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे। बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थालेका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ। शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उनले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे।

उनले परराष्ट्रमन्त्रीसँग भने, “मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु। ” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए। जवाफमा परराष्ट्रमन्त्री महराले उनको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताए। उनले एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए।

महराले ट्विटरमा लेखेका छन्, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !” दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुन्। उनकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ। उनका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा छन्। अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरे। उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताए। उनले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताए। परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.