नारायणगढ–मुग्लिन सडकमा बन्ने भो ‘आर्क ब्रिज’

११ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मध्य भागमा पर्ने घुमाउने भन्ने ठाउँमा त्रिशुली नदीमाथि पक्की पुल बन्ने भएको छ । यो पुलले तनहुँलाई जोड्नेछ ।

घुमाउने घाटमा पुल बनेपछि तनहुँ सदरमुकाम दमौली, पोखरा, बाग्लुङ र पर्वत जानका लागि मुग्लिन र पुग्नपर्छ, न त डुम्रे बजार नै ।

सडक विस्तारको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडक खण्डको यात्रा हाल एकदमै जोखिमपूर्ण छ । पटक–पटक पहिरो खस्ने र गाडीहरु नै पुरिने भएकाले जनधनको क्षति भएको छ । जति पनि जोखिम छन्, ती स्थानहरु अधिकांश घुमाउनेभन्दा अगाडि मुग्लिन तर्फको १२ किलोमिटर क्षेत्रमा छन् । तर, अब घुमाउने घाटमा पक्की पुल बनेपछि पोखरातर्फबाट यात्रीहरुले त्यो जोखिम मोल्नुनपर्ने विश्वास गरिएको छ ।

यस्तो हुनेछ पुल

त्रिशुली नदीमाथि बन्ने आर्क आकारको पुल १०५ मिटर लामो हुनेछ । ९ करोड रुपैयाँ लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने लक्ष्य छ । यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ ।

ठूलो नदीमाथि बन्न लागेको यो नेपालकै पहिलो आर्क ब्रिज हुनेछ । काठमाडौंको धोबिखोला र तीनकुनेमा पनि आर्क आकारको पुल बनाउने काम अहिले जारी छ ।

घुमाउने घाटमा बन्ने पुलको डिजाइन पास गरी निर्माणका लागि कन्ट्याक्टरलाई नै जिम्मा दिइसकिएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।

पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने इन्जिनियर श्रेष्ठले बताए ।

आर्क डिजाइनको पुल अहिले मुग्लिनबाट तनहुँ जोड्ने स्थानमा पनि निर्माण भैरहेको छ । घुमाउने घाटमा पुल बनेपछि नारायणगढ–मुग्लिन सडकखण्ड बुद्धसिंह मार्गसँग जोडिने छ ।

दमौलीको दुरी २५ किलोमिटर छोटिने

अहिले पनि तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रुपमा साना बसहरु आउने–जाने गरेका छन् । तर, पुल नहुँदा ती बसहरु नारायणगढ–मुग्लिन सडक खण्डसम्म आउन सक्दैनन् ।

तनहुँ सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारै किनार घुमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । मुग्लिन भएर दमौली पुग्नुभन्दा २५ किलोमिटर कम दुरीमा यो सडक खण्डबाट दमौली पुगिने इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए ।

सामान्य ग्राभेल अवस्थामा रहेको वुद्धसिंह मार्गको स्तरोन्नतिको काम पनि भैरहेको श्रेष्ठले जानकारी दिए । साभार: अनलाइनखबरबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.