संजय दत्तलाई बाइक मन परेपछि निर्देशकलाई हैरान

मुम्बइ। आउँदै गरेको फिल्म ‘भूमि’को सुटिङका क्रममा संजय दत्तलाई एउटा बाइक मन परेपछि निर्देशकलाई निकै तनाव भएको छ । फिल्मको सुटिङ आगरामा भएको थियो । यही क्रममा संजय दत्तलाई एउटा बाइक निकै मन पर्यो जुन उनले बाटोमा देखेका थिए । यो मोडिफाइड बुलेट बाइक थियो ।

उनलाई त्यो बाइक यतिसम्म मन परेछ कि उनले बाइक मोडिफाइ गर्ने फिरोजको नम्बर खोजेर उनलाई फोन गरेर सुटिङ सेटमै बोलाए । बाइकमा बसेपछि संजयले लगातार सेल्फी लिन थाले । उनी बाइकबाट उठ्नै मानेनन् । संजयले बाइक छोड्नै नमानेपछि घण्टौंसम्म सुटिङ रोकियो जसका कारण निर्देशक ओमंग कुमारलाई पनि हैरान भए । पछि निकै कोसिस गरेर संजयलाई बाइकबाट उठाइयो र सुटिङ सुरु भयो ।

फिरोजका अनुसार यो बाइक निकै स्टाइलिश बनाइएको छ । यसमा ९५ यस्ता फंक्सन छन् जुन अरु बाइकमा पाइँदैनन् । साढे दुई वर्ष लगातार मोडिफाइको काम गरेपछि यो बाइक तयार भएको हो । बाइकमा चुरोट सल्काउनको लागि लाइटर, घडी, टिभी, म्युजिक सिस्टम, १६ सिसा, दुई फ्रेम, डबल साइलेंसर, ५२ लाइट, स्पेशल ह्याण्डल, फुट रेस्ट लगायतका सुविधाहरु जडान गरिएका छन् । डिसी नेपाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.