अर्काकी श्रीमतीसँग सुतिरहेका असईले तिरे ६ लाख जरिवाना | पुरा पढ्नुहोस्

श्रावण ११, २०७४- अर्काकी श्रीमतीसँग लहसिने प्रहरी सहायक निरीक्षक (असई) ले ६ लाख रुपैयाँ जरिवाना तिरेका छन् । सदरमुकामस्थित एक होटलकी सञ्चालकसँग राति सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत असई देवेन्द्र फुयाल रंगेहात भेटिएपछि महिलाको श्रीमान्‌ले जरिवानासँगै कुटपीट गरेका छन् ।

महिलाकी श्रीमान्‌ले राति १२ बजे आफ्नो घरैमा सुतिरहेको भेटेपछि दुवैलाई कुटेका थिए । कुटपीटबाट महिलाको नाक भाँचिएको छ भने असई फुयालको टाउकोमा चोट लागेको छ । कुटपीटबाट घाइते महिला र असई फुयाललाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए । असईलाई तत्काल हिरासतमा राखिएको थियो । प्रहरी सेवाबाट अवकाश हुन लागेका असई होटलमा आउने, जाने गर्थे । सदरमुकामबाहिर जान्छु भनी हिँडेका श्रीमान् राति अचानक घरमा फर्कंदा रंगेहात भेटेपछि दुवैजनालाई कुटपीट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यसँग जानकारी लिँदा घटनाबारे सामान्य हल्ला सुनेको तर त्यस्तो कुनै उजुरी नआएकोले त्यसलाई सोधखोज नगरिएको बताए । मानिसको जीवनसँग गाँसिएको हल्ला भएकाले सो विषयमा त्यसै बोल्न उपयुक्त नहुने उनले बताए । असईले गल्ती नदोहोर्‍याउने सर्तमा सोमबार ६ लाख रकम दिएर मिलापत्र गरिएको थियो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.