आमाले आत्महत्या गरेपछि तिम्ल्याहा शिशुको विचल्ली

सुत्केरी भएको २ महिना नपुग्दै आमाले आत्महत्या गरेपछि रुकुममा तिम्ल्याह शिशुको बिचल्ली भएको छ । जिल्लाको आठविसकोट नगरपालीका ९ राडिपाखाकी ३० वर्षीया कृष्णा शाहीले आत्महत्या गरेपछि उनका २ छोरा र १ छोरीको विचल्ली भएको हो । श्रावण ८ गते आइतबार कृष्णाले आत्महत्या गरेकी हुन् । अहिलेसम्म तिम्ल्याहा शिशुको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले आफन्तले स्याहार सुसार गरिरहेका छन् ।

मुछ्दै गरेको मिठो छाडेर कृष्णाले ठुली भेरी नदिमा हाम फालिन
श्रावण ८ गते आईतबार श्रीमान कर्णवहादुर शाही काममा गएका थिए । घरमा तिम्ल्याह शिशु सहित कृष्णा मात्र थिईन । बिहानको खाना बनाई रहेकी कृष्णाको लागि त्यो दिन जिन्दगीको अन्तिम दिन बन्यो । बिहानको खाना अन्तरगत रोटी बनाउनका लागि मुछ्दै गरेको पिठो छाडेर उनले वडा नम्बर ९ कै ढिगराढी भन्ने ठाउँबाट ठुलीभेरी नदिमा हाम फालिन । भर्खर जन्मिएका रहरलाग्दा छोरा छोरीलाई चटक्कै छाडेर जाने कठोर निर्णय गरेपनि उनलाई काल भने सजिलै आएन ।

१ सय मिटरको उचाईबाट हाम फालेकी कृष्णा भेरी नदी किनारामा परिन । नदीमै पर्ने गरी हाम फालेकी कृष्णालाई दुरीको अन्दाज नहुँदा उनि किनारामा परेको बुझिन्छ । नदी किनारामा परेपछि उनि गम्भिर घाईते भईन । उनले करिब बिहानको ११ बजेको समयमा आत्महत्याको उद्ेश्य सहित हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ । गम्भिर घाईते कृष्णालाई घट्ट गएका स्थानीयले तुरुन्तै राडिबजारमा रहेको एक मेडिकलमा लिए । उनको उपचार सम्भव भएन र सोही दिन राती ११ बजेको समयमा मृत्यु भएको स्थानीय मानवहादुर बटालाले जानकारी दिए । उनको मंगलबार दाहसंस्कार समेत गरिएको छ ।

गरिवीले लियो ज्यान
कृष्णाको आत्महत्याको कारण एकिन नभएपनि गरिवीका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ । आर्थिक अभावका कारण उनको परिवारमा सधैँ किचलो भइरहने गरेको उनका छिमेकिहरुको भनाई छ । आर्थिक रुपमा निम्न वर्गका उनीहरुको सानो झुपडी बाहेक अन्य सम्पति नभएको स्थानीय तिलक बटालाले बताए । यसअघि उनीहरु पैसा कमाउन भारत गएका थिए । भारतबाट घर फर्किएपछि आर्थिक जोहोका लागि राडी बजारमा सानो चिया पसल संचालन गर्दै आएका थिए । चिया पसलबाट परिवारका सदस्यलाई पाल्न समस्या हुन थालेपछि उनिहरुको परिवारमा तनाव हुने गरेको थियो ।

कृष्णा र कर्णले करिब ४ वर्ष अघि विवाह गरेका थिए । उनिहरु दुवैको यो दोस्रो विवाह हो । दुवैले पहिलो श्रीमान, श्रीमती छुट्टिसकेपछि विवाह गरेका हुन् । श्रीमान कर्णवहादुरको पहिलो श्रीमतिबाट १ छोरी र श्रीमती कृष्णाको पहिलो श्रीमानबाट २ छोरी रहेका छन् । केही दिन अगाडि पहिलाको श्रीमानबाट जन्मिएका २ छोरीहरु आमाकोमा आएपछि उनीहरुको परिवारमा किचलो सुरु भएको थियो । पहिले नै समस्या भैरहेको र अव परिवारमा थप २ जना सदस्य थपिएपछि कसरी पाल्ने भन्ने कुराले श्रीमान श्रीमती बीचमा तनाव बढेको बताईन्छ । सोही तनाबलाई झेल्न नसकेर २ महिने सुत्केरी कृष्णाले आत्महत्या गरेको अनुमान छ ।नयाँ पत्रिकामा खबर छ ।

तिम्ल्याह शिशुको अवस्था सामान्य
अहिले तिम्ल्याहा शिशु स्वस्थ छन् । गत जेठ १२ गते जन्मिएका उनीहरु बिहिबार १२ गते २ महिनाका पुग्दैछन् । उनीहरुको अहिले आफन्तले स्याहार सुसार गरिरहेका छन् । बच्चाहरुलाई भैंसी तथा पाउडरको दुध खुवाउने गरिएको छ । दुःखमा अहिले आफन्तहरु जम्मा भएर उनिहरुको स्याहार गरिरहेपनि पछिसम्म उनीहरुको स्याहार गर्न समस्या हुने देखिएको छ । आमा नभएको तथा आर्थीक अभावका कारण उनीहरुको स्याहारमा समस्या हुने देखिएको हो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.