अमेरिका अव उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता उनको दावी

सोल (दक्षिण कोरिया), १४ साउन । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ ।

उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताउनुभएको बताएका कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ ।

केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।”

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाउनुभएको छ । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताउनुभयो ।

परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ ।

शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई “उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम” भन्ने प्रतिक्रिया दिनुभएको छ ।

अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नोे मुलुकको लागि गम्भीर खतरा भएको बताउनुभयो ।

त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गर्नुभएको छ । एएफ्पी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.