अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरीले खाए कुटाई

भोजपुर, साउन ११ – श्रीमान् नभएको बेला अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरी असईले कुटाई खाएका छन् । एक होटलकी सञ्चालिकासँग राति सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत एक असई भेटिएपछि कुटाई खाएका हुन् ।

शुक्रबार राति होटल सञ्चालिकाका श्रीमानले राति १२ बजे दुवै जनालाई घरैमा सुतिरहेको भेटेपछि कुटेका थिए । प्रहरी सेवाबाट अवकाश हुन लागेका ती प्रहरी असई होटलमा आउने जाने र सबैसँग परिचित रहेका थिए ।

आफ्नी श्रीमती र प्रहरीको अनैतिक सम्बन्ध थाह पाएर हो या संयोगले हो, दिङ्ला जान्छु भनी हिँडेका श्रीमान् फेरि राति घरमै फर्किएका थिए । घरमा फर्कंदा आफ्नी श्रीमती र प्रहरी सँगै सुतिरहेको देखेपछि दुवैजनालाई उनले कुटपिट गरेका हुन् । कुटपिटबाट श्रीमतीको नाक भाँचिएको छ । असई फुयालको टाउकोमा गम्भीर चोट लागेको छ । श्रीमानको कुटपिटबाट घाइते भएका दुबैलाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए । अर्काकी श्रीमतीसँग सुतेर कुटाई खाएका असईलाई तत्काल हिरासतमा राखिएको थियो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यसँग बुझ्दा घटनाबारे सामान्य हल्ला सुनेका तर त्यस्तो कुनै उजुरी नआएकोले सोधखोज नगरिएको बताउनुभयो ।

उमेर र व्यवहारिक रुपमा बाजे भइसकेका ती असई अर्काको श्रीमतीसँग सुतेपछि उनलाई अहिले हुनु नहुनु भएको छ । कुटपिट गर्ने श्रीमानले प्रहरी कार्यालयमा उजुरी नदिएपछि उन्मुक्ति भने पाएका छन् । ती असईले महिलाको श्रीमानलाई ६ लाख रुपैयाँ पनि तिरेका छन् । प्रहरी असईले गल्ती नदोहो¥याउने सर्तमा सोमबार रकम दिएर मिलापत्र गरिएको स्रोतले बताएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.