जण्डीस रोगबाट बच्ने उपाय

अहिले त जाडो मौसम छ । जण्डीस रोगको त्यती खतरा छैन । तर गर्मी यामको शुरुवात संगसंगै शहर बजारको खाना तथा पानीको माध्यमबाट झाडापखाला, जण्डिस आदि रोगहरु फैलिएको वा फैलिन सक्ने सम्भावना बढ्छ । जसका कारण्बाट स्वास्थ्य संस्थामा भिडभाड बढ्न थाल्छ । तर गर्मीमा मात्रै जण्डिस हुन्छ भन्ने होइन । फोहोरी,बासी र फोहोर पानीका कारण लाग्ने रोग हो । जण्डिसबाट बच्न निम्न कुरामा ध्यान दिनु जरुरी छ ।

१ पानीलाई उमालेर अथवा क्लोरिनको प्रयोगद्वारा निर्मलीकरण गरेर मात्र पिउने गरौं ।

२ फलफूल, साग पात र तरकारी पखाल्दा सफा पानीको प्रयोग गरौं ।

३ सडेगलेका, झिंगा भन्किएका तथा खुल्ला राखिएका खानेकुरा उपभोग नगरौं ।

४ काँचो र पकाइसकेका खानेकुरा छुट्टाछुट्टै राखौं ।

५ खाना बनाउनु अघि, खाना खानु अघि, शौचालय प्रयोग गरिसकेपछि, केटाकेटीको दिशा धोइसकेपछि तथा गाई बस्तु, पशुपंक्षीको सम्पर्कमा आए पछि अनिवार्य रुपपमा साबुन पानीले हात धोऔं ।

६ माछामासु काट्ने र तरकारी फलफूल काट्ने चक्कु भिन्दा–भिन्दै प्रयोग गरौं ।

७ होटल, रेष्टुरेण्टमा खाजा तथा खाना खांदा सकेसम्म ताजा तथा तातै खाने गरौं ।

८ कांचै खाइने सलाद जस्ता खानेकुराहरु उमालेको अथवा निर्मलीकरण गरिएको पानीमा एकछिन डुबाएर मात्र उपभोग गरौं ।

९ पकाइसकेका खाना तथा पानीलाई राम्रोसंग छोपेर राखौं

१० खाद्य वस्तुको सम्पर्कमा आउने भाँडाकुँडा सुख्खा ओभानो हुनु पर्छ ।

११ अप्रशोधित कच्चा पदार्थ जस्तै माछा, मासु, तरकारी काट्न प्रयोग गरिने चक्कु वा चपिङ बोर्ड राम्ररी सफा र सुख्खा नबनाई सलादको रुपमा खाने तरकारी फलफुल काट्न प्रयोग गर्नु हुँदैन ।

१२ घरपालुवा जनावर, चरा, मुसा आदिलाई खाना पकाउने ठाउँमा आउन नदिन ध्यान पु¥याऔं ।

१३ उपभोग्य मिति समाप्त भइसकेका खाद्य तथा पेय पदार्थ उपभोग नगरौं ।

१४ बालबालिका, वृद्ध तथा बिरामीहरुको खानपान र सरसफाइमा थप सावधानी अपनाऔं ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.