भारतले चीनसँगको विवादित सीमा क्षेत्र डोकलाममा गोर्खा सैनिकलाई पठाएको छ ।चिनियाँ सेनाले पेल्दै अघि बढेपछि भारतले सिक्किमको उक्त विवादित क्षेत्रमा पहिलो पटक ६ हजार गोर्खा सैनिकहरुलाई पठाएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार गोर्खा रेजिमेन्टका ६ हजार सैनिकहरुलाई त्यसतर्फ परिचालन गर्ने सरकरले निर्णय गरेको छ ।चीनले आफू पछी नहट्ने संकेत गर्दै भारतलाई युद्धको लागि तयार हुन संकेत गरेपछि भारत तनावमा छ । चिनियाँ पक्षले भारतलाई दुई विकल्प दिएको छ । पहिलो, पछी हट्ने र दोस्रो, युद्धको तयार हुन ।
चीनले डोकलम क्षेत्रमा अत्याधुनिक हतियारसहितको जनमुक्ति सेना तिब्बततर्फ पठाईसकेको छ । चीनले उक्त भूमी आफ्नो रहेको बताउँदै त्यो क्षेत्रमा सडक विस्तार गरिरहेको छ ।उक्त क्षेत्र भारतको होइन ।
भुटानको आग्रहमा भारतले चीनसँग विवाद गरिरहेको हो ।तनाव क्षेत्रमा जान लागेको गोर्खा सैनिकहरुले आदेशको भारमा चीनसँग नलड्ने बताएको भारतका केही संचारमाध्यमहरुले समाचार लेखेका छन् । सरकारले आदेश गरेकाले आफूहरु त्यसतर्फ जान लागेको भन्दै एक गोर्खा सैनिकका कमाण्डरले आफूहरु त्यहाँको अवस्था बुझेर मात्र निर्णय गर्ने बताए । आफूहरु चीनसँग लड्न नभएर समन्वय गर्न जान लागेको उनले बताएका छन् ।“हामी विवादित क्षेत्रमा जाँदैछौं, सरकारले लड् भन्दैमा हामी चीनसँग लड्ने पक्षमा छैनौं” एक कमाण्डरले भने । source:imandarmedia
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.