अमेरिका र भारतलाई चीनको चेतावनी, लडाईँको कल्पना समेत नगर

काठमाडौं, ११ साउन । चीनले भारत र अमेरिका सहितका देशहरुलाई कडा चेतावनी दिएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले ती देशहरुलाई चेतावनी दिएको हो ।

पत्रिकामा बुधवार प्रकाशित एक लेखमा पश्चिमा देशहरु चीन र भारतबीच सैन्य विवाद भड्काउन लागी परेको आरोप लगाएको छ । ‘पश्चिममा शक्ति चीन र भारतका बीच सैन्य विवाद भड्काउने कोशिश गरिरहेका छन्,’ लेखमा भनिएकोछ, ‘उनीहरूले यसो गर्दा उनीहरूको कुनै खर्च हुँदैन र झगडाबाट फाइदा उठाउन सकिन्छ भनी बसेका छन् । अमेरिकाले यही तरिका साउथ चाइना सी विवादमा अपनाएको थियो ।’

उक्त लेखमा अमेरिकाका साथै पूर्व सोभियत संघको नाम पनि उल्लेख गरिएकोछ । पचास वर्षपहिले भारत र चीनका बीच भएको लडाईंमा अमेरिका र सोभियत संघले अदृश्य भूमिका निर्वाह गरेका थिए भनी सम्झाउनु जरूरी भएको लेखमा भनिएको छ । भारतले अतीतबाट पाठ सिक्नुपर्ने लेखमा उल्लेख छ ।

‘चीन संसारको दोस्रो सबभन्दा ठूलो अर्थव्यवस्था हो । चीनसँगको लडाईंबाट भारतलाई आर्थिक अवसरबाट वञ्चित मात्र हुनुपर्छ,’ लेखमा उल्लेख छ । ग्लोबल टाइम्सले दुवै देश युद्ध नचाहने बताएको छ । उसले चीन र भारत संसारका दुई ठूला बजार भएकोले पनि युद्ध नचाएको बताएको हो । अमेरिकाको कुरा सुनेर भारतले चीनसँग विवाद बढाउनु उपयुक्त नभएको लेखमा भनिएको छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.