पुर्नजन्म :- ४ वर्षको बच्चालाई याद छ आफनो पुर्वजन्मका कुराहरु , ११ वर्ष पहिल्यै भएको थियो मृत्यु

न त हामीले कुनै अंधविश्वासलाई बढावा दिएका छौ न त हल्लाको पछि लागेर यो जानकारी दिइरहेका छौं । वास्तवमा भारतको हरियाणाको एउटा सानो गाउमा बस्ने ४ वर्षको बच्चाको भनाई छ कि यो जन्म उसको पुर्नजन्म हो ।

बोल्न सुरु गरेपछि लिन थाले गाउँको नाम
भारतमा रहेको हरियाणाको जींद इलाकामा एउटा गाउँ छ जसको नाम हो जलालपुरा कलां त्यहा ४ वर्ष पहिले एउटा बच्चाको जन्म भएको थियो । उसको अभिभावकले उसको नाम लविश राखेका थिए । लविश समय संगसंगै बढ्दै गयो ,र जव ऊ बोल्न थाल्यो उसले प्राय जसो एउटै शव्द भन्ने गथ्र्यो त्यो शब्द थियो रामरा , वास्तवमा रामरा एउटा गाउको नाम हो जुन जलालपुरा कलांबाट केहि दुरीमा पर्छ । उसले यो पनि भन्न थाल्यो कि उसको आमाको नाम कमला हो । जति जति ऊ ठुलो हुदै गयो उसले यहि कुराहरु बारम्बार भन्न थाल्यो । उसको यो व्यवहारले परिवारलाई शंका हुन थाल्यो र उसलाई लिएर सात किलोमीटर टाढा रहेको रामरा गाउमा गए । तिनिहरु गाउ नजिक पुग्न थाल्दा सानो बच्चा लविशले उनिहरुलाई अगाडिको बाटोको बारेमा सम्पुर्ण जानकारी दिदै गयो ।

लविशले बतायो आफनो पुर्वजन्मको मृत्यूको कारण , बताउन थाल्यो आफनो र आफनो पुर्वजन्मको बारेमा । गाउमा पुगेपछि उसले आफनो पुर्वजन्मको घरको स्थान पनि बताउन थाल्यो । र सहि बाटोमा हिडदै आफनो घर पनि लिएर गयो । जहा उसको पुर्वजन्ममा ऊ सन्दिप नामको बच्चा थियो । उसले आफनो पुर्वजन्मका आमा बुबाको नाम र अरु परिवारका सदस्यहरुको नाम पनि बतायो । र सबैलाई लिएर ऊ त्यो स्थानमा गयो जहा पुर्वजन्ममा सन्दिपको करेण्ट लागेर मृत्यू भएको थियो ।

विज्ञानलाई विश्वास नभए पनि परिवारजनलाई छ विस्वास
यो कुराको पुष्टि रामरा गाउमा रहेका सन्दिपका आमा वुवाले पनि गरे कि केहि वर्ष पहिले ज्ञद्ध वर्षको छोरा सन्दिपको त्यहि स्थानमा करेण्ट लागेर मृत्यू भएको थियो । विज्ञानले पुर्नजन्मको अवधारणालाई नमाने पनि सन्दिप र लविशको परिवारलाई पुरा विश्वास छ कि यो पुर्नजन्म नै हो । सन्दिपको परिवार यो जानकारीबाट एकदमै खुशि छन र तिनिहरुले बताएका छन कि सन्दिपले नै मानवयोनीमा फेरी लविशको रुपमा जन्म लीएको हो । सन्दिपको परिवारले लविशसंग भविष्यमा सम्पर्क बनाईराख्ने बताएका छन । यति बेला रामरा र जलालपुरा कलां दुवै गाउमा लविशको विषयले चर्चा पाएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.