शालीनदीमा देखिएका यी ४ दृश्य, जुन पचाउनै गाह्रो भो…

श्री स्वस्थानी ब्रतकथा । बर्षौंदेखि हामीले सुन्दै आएको एउटा कथा । कथाभित्रका कतिपय पात्र र घटनासँग अहिलेको पीढीको केहि असहमति हुनु नौलो कुरा होइन । प्रविधिको युगका युवा युवतीले स्वस्थानीको पौराणिक कथालाई आ-आफ्नै तरिकाले व्याख्या गर्नु पनि नौलो कुरा होइन । तर २१ औं शताब्दीको यो युगमा अझैपनि शालीनदीमा देखिने केहि दृश्यहरुले शिक्षित भनिएको समाजलाई अझै गिज्याईरहेको जस्तो लाग्छ ।

१. माथि कोहि नुहाईरहेछन्, तल कोहि त्यहि जल खाइरहेछन्

शालीनदीमा नुहाउने बाँध बनाइएको छ । त्यहाँ विहानैदेखि भक्तजनहरु नुहाईरहेका हुन्छन् । नुहाउनु भनेको शरिरको फोहोर पखाल्नु पक्कै हो । तर त्यहि पानी तल केहि भक्तजनहरु जल मानेर खाइरहेका छन् । के यो स्वास्थ्यका लागि हानीकारक कुरा होइन र ?

२. माइकिङ गरेर भक्तजनलाइ थर्काउँदै पूजारी

पूजारी आफैंमा एउटा गर्विलो पेशा हो । भगवानमाथि आस्था राख्ने जो कोहिले पनि स्वस्थानीको पूजा गराउने गुरुलाई आदर गर्छन् । तर बिहिबार हामी शालीनदी पुग्दा त्यहाँका पूजारीले माइकिङनै गरेर भक्तजनहरुलाई यसो गर्नुस् वा नगर्नुस भन्ने ठाडो भाषामा थर्काईरहेका थिए । त्यहाँ पुग्ने केटाकेटीले यसबाट के सिक्लान् ? गुरुको भाषा त्यति ठाडो हुन्छ र ? आस्था बोकेर शालीनदी परिसर पुगेकाहरुले गुरुले भनेको मान्दैनन् होला र ?

३. ‘पुरोहित’ लाइ व्यवसायीको ‘बिल्ला’

शालीनदी परिसरमा बसेका पुरोहितले गलामा ‘व्यवसायी परिचयपत्र’ भनेर कार्ड झुन्ड्याएका छन् । के यो ठिक भयो र ? हिन्दु परम्परामा पुरोहितको खुब मान गरिन्छ । यिनीहरुलाई व्यवसायी भन्न मिल्यो र ? ;पुरोहित परिचयपत्र’ भनेर दिएको भए के बिग्रन्थ्यो र ? टिका लगाउन गएकाहरुले उनीहरुको गलामा झुन्डिएको ‘व्यवसायी परिचयपत्र’ लेखिएको कार्ड देखेर के बुझ्ने ?

४. समितिकै आडमा यति महँगो मेनु :

समितिकै आडमा शालीनदी परिसरमा राखिएका पसलहरुमा महँगो मेनु देखिन्छ । मन्दिर परिसरभन्दा बाहिर १५ रुपैयाँ सम्ममा पाइने एउटा समोसाको मूल्य धार्मिकस्थलमा ४० हुनु जायज भयो र ? एउटा रोटीको ४० रुपैयाँ, एउटा जेरीको ३० रुपैया, दुध हालेको चियाको ३० रुपैयाँ जायज हो र ? अरु त अरु, एउटा सेलरोटीको मूल्य ४० रुपैयाँ हुनु जायज हो र ? यो त धर्मका नाममा महँगो व्यापार भएन र ?

यी दृश्यले जस्तो अर्थ राखेपनि आम नागरिकलाइ भने पक्कै अपाच्य हुनुपर्छ । आजको युगमा धर्मका नाममा आफ्नो पतिको खुट्टाको पानी खाना छोडिएको सन्दर्भमा अरुले नुहाएको पानी खानु स्वास्थ्य र धार्मिक हिसावले पक्कै राम्रो होइन । पुरोहित व्यवसायी त हुँदै होइनन् । यति महँगो मेनु धार्मिक स्थलमा राखिनु राम्रो कुरा पनि पक्कै होइन । र माइकिङ गरेर भक्तजन तह लगाउन खोज्नु पक्कै शोभनीय काम होइन । बिहिबार शालीनदीमा जे देखें, यी ४ दृश्य, मलाइ चाहिं पचेन ! तपाईंलाइ नि ?

अर्थ सरोकार @ बाट सभार

The post शालीनदीमा देखिएका यी ४ दृश्य, जुन पचाउनै गाह्रो भो… appeared first on Taja nepali news.

http://ift.tt/2DrlySW
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.