नसर्ने रोगको जानकारी

 मिडियामा केही वर्षअघिसम्म झाडापखाला, औलो र इन्सेफलाइटिस जस्ता सर्ने रोगको महामारी नै फैलिएको खबर छाउँथ्यो । ठूला अस्पतालको ओपीडीदेखि शय्याहरूमा पनि सर्ने रोगका बिरामीहरू भेटिन्थे, ब्रगेल्ती । तर, अहिले समयले कोल्टो फेरेको छ । मिडियामा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, हृदयाघात, मिर्गौला फेलजस्ता समाचारले स्थान लिएका छन् । यी रोगको उपचारका लागि अस्पतालका ओपीडी, शय्यादेखि औषधि पसलमा लाग्ने भीडहरूले नसर्ने रोगको बढ्दो अवस्थाको दृश्य प्रस्तुत गर्छन् ।  आजभोलि उपचारका लागि आउने यस्ता भीडका अधिकांश बिरामी मुटु रोग, क्यान्सर, मधुमेह र श्वासप्रश्वासजस्ता नसर्ने रोगका भेटिन्छन् ।
 स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अस्पतालका ओपीडीमा पुगेका बिरामीमध्ये ८१ दशमलव ५ प्रतिशत र तीमध्ये अन्तरंग सेवा लिने ८८ प्रतिशत नसर्ने रोगका बिरामी छन् । मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नसर्ने रोगको रोकथामका कार्यक्रम सघन रूपमा अगाडि नबढाउने हो भने नेपालजस्तो विकासोन्मुख मुलुकका लागि यही कुरा अभिशाप बन्नेछ । रेग्मी भन्छन्, ‘नसर्ने रोगको उपचार महँगो हुने र आजीवन औषधि सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्ति र राज्यले पनि उपचार धान्न सक्दैनन् ।’

स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. प्रवीण मिश्र भन्छन्, ‘कुनै परिवारमा एक सदस्यलाई मात्रै पनि नसर्ने रोग लाग्दा सम्पन्न परिवारसमेत गरिब बन्छ ।’ धेरै नसर्ने रोगहरूमा वंशाणुगत कारण पनि जोखिम बन्ने भएकाले परिवारै खतरामा रहन्छ । नेपालमा हुने कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने विश्व स्वास्थ्य संगठनको एक अध्ययनले देखाएको छ । यो दर सन् २००२ मा ४२ प्रतिशत मात्रै थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष डा. चोपलाल भुसालका अनुसार रोगको प्याटर्न हेर्दा नसर्ने रोगको भयावह तस्बिर देखिन्छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये सरुवा रोग, कुपोषण, मातृ तथा बालमृत्यु दरसमेत हिसाब गर्दा ४२ प्रतिशत मात्र छ भने दुर्घटना एवं चोटपटकबाट ७ प्रतिशत मृत्यु दर छ । र, बाँकी ५१ प्रतिशत मृत्युको कारण नसर्ने रोग बनेको छ । जसमा मुटु एवं रक्तनलीसम्बन्धी रोगबाट २५, क्यान्सरबाट ११, श्वासप्रश्वाससम्बन्धी रोगबाट ५, मधुमेहबाट २ र अन्य नसर्ने रोगबाट ८ प्रतिशतको मृत्यु हुन्छ ।
संगठनले सन् २०११ मा प्रकाशन गरेको तथ्यांकअनुसार विश्वभर बर्सेनि हुने ५ करोड ७० लाख मृत्युमा ३ करोड ६० लाख मानिसले नसर्ने रोगबाट ज्यान गुमाउने गरेका छन् । विश्वमा हुने सम्पूर्ण मृत्युमा नसर्ने रोगको यो भार ६३ प्रतिशत हो । नसर्ने रोगका कारण विश्वभर ६० वर्षभन्दा कम उमेरमा ९० लाखको मृत्यु हुन्छ । नसर्ने रोगको विकराल असर कम विकसित र अल्पविकसित मुलुका परेको छ । यस्ता देशहरूमा कुल नसर्ने रोगबाट हुने मृत्युको करिब ८० प्रतिशत भार पर्छ । विश्व स्वास्थ्य संगठनको नयाँ प्रक्षेपणअनुसार सन् २०२० सम्म अफ्रिकामा सबैभन्दा धेरै मृत्यु नसर्ने रोगको कारण हुनेछ ।
नेपालमा नसर्ने रोगका प्रमुख कारणमा उच्च रक्तचापबाट २१ दशमलव ५, मधुमेहबाट १०, मोटोपनबाट ७ दशमलव २, सुर्तीजन्य पदार्थको सेवनबाट २३ दशमलव ५, रक्सीको नियमित सेवनबाट २८ दशमलव ५ प्रतिशत छ । क्यान्सर ५० प्रतिशत क्यान्सरको कारण धूमपान हो । नसर्ने रोगका सबै जोखिमलाई पहिले नै निदान गर्ने हो भने धेरै समस्याबाट जोगिन सक्ने भए पनि उपयुक्त चेतनाको अभावमा मृत्युदर बढ्दो क्रममै रहेको उपाध्याय बताउँछन् । ‘यस्ता नसर्ने दीर्घ रोगको जोखिमका कारणहरूलाई हटाउने हो भने एक तिहाइ मुटुरोग, स्ट्रोक र टाइप टु मधुमेहका समस्या र ४० प्रतिशतसम्म क्यान्सरको समस्या निदान हुन्छ,’ सचिव डा. मिश्र बताउँछन् ।
नसर्ने रोगबाट हुने कुल मृत्युको ८० प्रतिशत मृत्युदर विकासोन्मुख मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि लिङ अङको भनाइ छ । उनका अनुसार मुटु, क्यान्सर, श्वासप्रश्वास र मधुमेहले क्रमशः नसर्ने रोगबाट हुने मृत्युका प्रमुख चार कारण हुन् । विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘यी चार रोग ८० प्रतिशत मृत्युका कारण बनेका छन् ।’
मुटुरोग विशेषज्ञ डा. रेग्मीको अनुभवमा नेपालमा १० वर्षअघिको तुलनामा नसर्ने रोग करिब ५ सय प्रतिशतले बढेको छ । यसमा सबैभन्दा बढी उच्च रक्तचाप र मधुमेह रहेको छ । ‘रोगको भार बढ्दै छ तर उपचार र नियन्त्रण भने जस्ताको तस्तै छ,’ रेग्मी भन्छन्, ‘२० वर्षअघि दुई वर्ष बागलुङमा बस्दा एउटा मात्र हृदयाघात भएको थाहा छ तर २० वर्षपछि पुनः त्यहाँ पुग्दा मुटुरोगका बिरामी ह्वास्तै बढेको पाएँ ।’
डा. रेग्मीले बागलुङमा केही महिनाअघि ४ सयजनाको स्वास्थ्य परीक्षण गर्दा ४० प्रतिशतमा उच्च रक्तचाप, २० प्रतिशतमा मधुमेह, १० प्रतिशतमा हृदयाघातसँग सम्बन्धित समस्या, ५ प्रतिशमा स्ट्रोक र १५ प्रतिशतमा बाथ मुटुरोग पाइएको बताएका छन् ।
जोखिमै जोखिम
युवाहरूमा धूमपानको सस्कृति, जंकफुडको प्रयोग, तीव्र सहरीकरणले मोटोपन बढाउने र त्यससँगै रोगका जोखिम पनि थपिँदै गएको चिकित्सकहरू बताउँछन् । तथ्यांकहरूका अनुसार बर्सेनि ५१ लाख मानिसको मृत्यु चुरोटको सेवनले मात्रै हुन्छ, लगभग ३२ लाख मानिस व्यायामको अभावले मरिरहेका छन् । त्यसैगरी, उचित मात्रामा सागपात र फलफूलको सेवन बढाउन सकेमा करिब १७ लाखको ज्यान बचाउन सकिन्छ । अस्वस्थकर जीवनशैलीले शारीरिक प्रक्रियामा परिवर्तन देखाएर उच्च रक्तचाप, रगतको ग्लुकोजमा वृद्धि, तौल वृद्धि हुने र त्यो नै मृत्युको बाटो बन्ने गरेको चिकित्सकहरू बताउँछन् ।
एकातिर प्रत्यक्ष रूपमा व्यक्तिको स्वास्थ्यलाई प्रभावित पार्ने यी रोगहरूले समग्र विकास प्रक्रियालाई समेत पछाडि धकेलेको भए पनि नीति निर्माताले गम्भीरतापूर्वक हेर्न नसकेको विज्ञहरू बताउँछन् । ‘प्रत्येक घरको कमाइ उपचारमा सकिइरहेको छ,’ डा. मिश्र थप्छन्, ‘स्वास्थ्यमा भइरहेको कुल खर्चको ५६ प्रतिशत जनताको खल्तीबाट भइरहेको छ, जसले मानिसको आर्थिक अवस्था माथि उठ्नै दिएको छैन ।’ अर्कोतिर मानिस छिट्टै मर्ने वा बाँच्दा पनि रोगले काम गर्न नदिने भएकाले यसले विकासमा नै प्रत्यक्ष प्रभाव पार्ने कुरामा मिश्र सहमत छन् ।
एक तथ्यांकअनुसार नसर्ने रोगको उपचारमा हुने खर्चका कारण विश्वभरमा करिब १० करोड मानिस गरिबीतिर धकेलिरहेका छन् । ‘एकजना सदस्य रोगी हुँदा अर्को काम गर्न सक्ने मान्छे पनि उसको स्याहारमा लाग्नुपर्छ, उत्पादनशील जनशक्ति रोगी वा स्याहारमा लागेपछि कसरी उत्पादकत्व र राष्ट्रिय आय बढ्छ ?’ मिश्र प्रश्न गर्छन् ।
बच्ने बाटो
‘जीवनशैली मात्रै होइन, जीवनशैली परिवर्तन मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक परिवेश पनि रोगको कारक बन्दै छ,’ डा. रेग्मीले थपे, ‘भोजभतेर र भात नियन्त्रण गर्ने र प्रोटिन बढाउने जनचेतना अबको आवश्यकता हो ।’
नीतिगत रूपमा मात्रै रोगथामका लागि मल्टिसेक्टोरल अप्रोच हुनुपर्ने डा. मिश्र बताउँछन् । डा. रेग्मीका अनुसार सुर्तीजन्य पदार्थ नियन्त्रण, मध्यपानको नियन्त्रण, खेलकुद एवं योगा ध्यानको प्रवद्र्धनात्मक कार्यक्रम अब सरकारी तहबाटै एकीकृत रूपमा लानुको विकल्प छैन ।
चिकित्सकहरूले स्वास्थ्य संरचनामा तल्लो तहसम्म नै समय–समयमा स्वास्थ्य परीक्षणको कार्यलाई नीतिगत रूपमा अगाडि बढाउन सुझाव दिएका छन् । नसर्ने रोगहरूलाई कम गर्नका लागि प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट नै प्रारम्भिक अवस्था पत्ता लगाउने र उपचार कार्यलाई हस्तक्षेपकारी ढंगले अगाडि बढ्नुपर्ने सुझाब डा. उपाध्यायको छ । विज्ञहरू एकातिर रोगथाम एवं समयमै रोग निदानको संरचना बनाउनुपर्ने र अर्कोतिर महँगा रोगहरूको उपचारका लागि बिमा कार्यक्रमको आश्वयकता देख्छन् । डा. मिश्र पनि हुनेबाट लिएर नहुनेलाई दिन सक्ने खालको उपचार गर्ने पद्धति विकास गर्नुपर्ने र अन्यथा राज्यले लगानी गरेको भरमा बढ्दो नसर्ने रोगको उपचार सेवा सम्भव नहुने बताउँछन् । उनले नसर्ने रोगविरुद्ध सबै हिसाबले लड्नका लागि स्वास्थ्य मन्त्रालयले नीतिगत र संरचनागत परिवर्तनको तयारी थालिसकेको जानकारी दिए ।
यसरी उच्च रक्तचाप नियन्त्रण हुन्छ
चिल्लो कम खाने
खानपानमा ध्यान पु¥याउने
रक्सी सेवन कम गर्ने
दैनिक शारीरिक व्यायाम गर्ने
तौल नियन्त्रण गर्ने
धूमपान तथा सूर्ती सेवन नगर्ने
रक्तचाप
जोखिम                      १३९/८९ एमएम एचजी
उच्च रक्तचाप            १४०/९० एमएम एचजी वा सोभन्दा माथि

‘अहिले त यी नसर्ने रोगको महामारी नै छ,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्याय भन्छन्, ‘नेपालमै दैनिक हुने सयौं मृत्युका कारण नसर्ने रोग बनेको छ, प्रत्येक घरमा कोही न कोही यी रोगका बिरामी छन् ।’ चार प्रमुख नसर्ने रोगबाहेक मनासिक, मुख तथा दन्त र मिर्गौला रोगका बिरामी पनि उही गतिमा बढिरहेका छन् । ८० वर्षअघि स्थापना भएको सरुवा रोग अस्पताल, टेकुमा त अहिले बिरामी मुस्किलले भेटिन्छन् ।

तर, गंगालाल हृदयकेन्द्र, बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शिक्षण अस्पताल महाराजगन्ज र वीरका ओपीडी र निजी अस्पतालहरूमा नसर्ने रोगका बिरामीको चाप हे¥यो भने पनि महामारीको अनुमान लागाउन सकिन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने (वंशाणुगतबाहेक) र ढिलो असर र लक्षण देखाउने दीर्घ रोगहरूलाई नसर्ने रोग भनिन्छ । धेरै ढिला गरी लक्षण देखिने र लक्षण देखिँदा गम्भीर अवस्थामा बिरामी पुग्ने विशेषता हुन्छ, नसर्ने रोगको । त्यसैले यस्ता रोगको उपचारमा आजीवन औषधि सेवन गर्नुपर्छ ।

नसर्ने रोगका कारक तत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैली र व्यायामको कमी रहेका छन् । झन्डै एक अर्ब ५० करोड युवा (२० वर्ष र त्योभन्दा माथिका) मोटोपनको समस्यामा रहेको सन् २००८ को तथ्यांकले देखाएको छ । सन् २०१० को तथ्यांकअनुसार पाँच वर्षभन्दा कम उमेरका ४ करोड ३० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले विश्वमा प्रत्येक वर्ष झन्डै ६० लाखको मृत्यु हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. बाबुराम मरासैनीका अनुसार १९८० मा भद्रबास र जुम्लाका पूरै गाउँवासीको परीक्षण गर्दा पनि उच्च रक्तचापका बिरामी भेटिएका थिएनन् । तर, अहिले त्यहाँ पनि मुटु रोगका बिरामीको कमी छैन । सहिद गंगालाल हृृदय केन्द्रको अध्ययनअनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूमा उच्च रक्तचाप २३ प्रतिशत छ । ५० प्रतिशत हृदयाघात र ५० देखि ७५ प्रतिशत पक्षघात (मस्तिष्कघात) हुनु उच्च रक्तचाप हो । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा नसर्ने रोगहरू महामारीका रूपमा फैलिने र यसले प्रत्येक परिवारलाई प्रभावित पार्ने चेतावनी दिइसकेको छ । मृत्युका कारणका आधारमा हेर्दा नसर्ने प्रमुख चार रोगमध्ये मुटु, क्यान्सर, श्वासप्रश्वास र मधुमेह पर्छन् । यी चार रोग विश्वभर ८० प्रतिशत मृत्युका कारण बनेका छन् ।
ncd_poster
नसर्ने रोगका कारक तत्वमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैली र व्यायामको कमी रहेका छन् । झन्डै एक अर्ब ५० करोड युवा (२० वर्ष र त्योभन्दा माथिका) मोटोपनको समस्यामा रहेको सन् २००८ को तथ्यांकले देखाएको छ । सन् २०१० को तथ्यांकअनुसार पाँच वर्षभन्दा कम उमेरका ४ करोड ३० लाख बालबालिकामा मोटोपनको समस्या रहेको देखाएको छ । सुर्तीजन्य पदार्थको प्रयोगले विश्वमा प्रत्येक वर्ष झन्डै ६० लाखको मृत्यु हुन्छ ।

विज्ञहरूका अनुसार अधिकांश नसर्ने रोगहरूलाई बुढेसकालको रोग भनिने गरे पनि पछिल्ला दिनमा यस्ता रोगहरू ‘जवान’ हुँदै गएको टिप्पणी गर्छन् । ‘हृदयाघात, उच्च रक्तचाप, मधुमेह र दमले अब उमेरको सीमा तोडिसक्यो । नेपालका अस्पतालहरूमा १९ वर्ष उमेरका युवासमेत हृदयघात भएर आएका उदाहरण छन्,’ डा. उपाध्यय भन्छन्, ‘उच्च रक्तचाप पनि २२/२३ वर्षबाटै सुरु हुन थालेको छ ।’

ठूलो समुदाय अस्वस्थकर जीवनशैली नै रोगको प्रमुख कारण हो भन्ने थाहा पाएर पनि रोकथाममा लागेको छैन भने त्योभन्दा ठूलो समुदायलाई जोखिमयुक्त आनीबानी के–के हुन् भन्नेसम्म पनि थाहा छैन । ‘थला नपरेसम्म अस्पताल नजाने र परीक्षण नगर्ने बानी सबैभन्दा ठूलो चुनौती हो,’ डा. रेग्मी भन्छन्, ‘नसर्ने रोगको लक्षण देखिन्न, समयमा परीक्षण गर्ने बानी पनि छैन ।’ उनले शिक्षा र जनचेतनाको माध्यमबाट रोकथाममा ध्यान नदिने हो भने थप भयावह स्थिति निश्चित भएको बताए ।

नुन कम खाने

सामान्य                     १२०/८० एमएम एचजी
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.