२३ चैत, त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तेस्रो वर्षको परीक्षा आगामी जेठ १४ गतेदेखि सञ्चालन हुने भएको छ ।
त्रिभुवन विश्व विद्यालयले एक सार्वजनिक सूचना जारी गरी परीक्षा तालिका प्रकाशित गरेको छ । २०६७ देखि २०७१ सम्मका आंशिक र २०७२ सालमा पहिलो पटक परीक्षा दिने नियमित तथा प्राईभेट परीक्षार्थीहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो ।