नारिलाइ कहिलै कम्जोर नसोचौं: यी हुन छोरी काखमा च्यापेर ट्राफिकको जागिर गर्ने शाहासी नारी

२६ वर्षीया लक्ष्मी गोलेलाई हरेक बिहान एउटा परिचित आवाजले बिउँझाउँछ । तत्काल जुरुक्क उठ्छिन् र नजर तन्काउँछिन् । आफूलाई हेर्दै छोरी मुसुक्क हाँसेपछि लक्ष्मीको मनमा कान्ति छाउँछ । त्यसैले त उनी दुःखै–दुःखको चाङमा दौडिन तयार हुन्छिन् ।

नौ महिनाकी छोरीकी आमा हुन् लक्ष्मी । उनी आमजागिरे नेपाली महिलाकी एक प्रतिनिधि पनि हुन् । दैनिक चुलोचौको सम्हाल्नुपर्ने जिम्मेवारी पनि छँदै छ ।

नेपाल प्रहरीकी सिपाही हुन्, जागिर छ ट्राफिक प्रहरीमा । रोजगारी खोज्दै श्रीमान् पुगेका छन् दुबई । परिवारका अरू सबै सदस्य छन्, स्थायी घर सर्लाहीको लालबन्दीमा । ललितपुरमा डेरा लिएर छोरीसँग छिन् लक्ष्मी ।

घरको आर्थिक अवस्था कमजोर छ । जागिर छाड्ने छुट छैन लक्ष्मीलाई । यस्तो कठोर कदम चाले भत्किन सक्छ गोले परिवारको आर्थिक समायोजन । त्यसैले त उनी नौ महिनाकी छोरी बुईमा बोकेर जागिरमा धाउनुपर्ने निर्विकल्प संघर्षमा छिन् ।

एउटी जागिरे महिला जो एक्लै सहरमा हुन्छिन् र सन्तान हुर्काउने जिम्मा उनको एक्लो काँधमा छ भने कस्तो संघर्ष गर्नुपर्छ ? उदाहरण हुन् लक्ष्मी । उनी प्रायः ललितपुरको सानेपास्थित डेरादेखि काखमा छोरी च्यापेर एक घन्टाको पैदलयात्रामा बग्गीखाना पुग्छिन् । कोही आफन्त डेरामा आएको मौका मिल्दा मात्रै हो, छोरी छाड्न मिल्ने । यी दिनमा त अफिससम्म साइकलमै हुइँकिन पाउँछिन् ।

बग्गीखाना पुगेपछि सडकमा निस्किनैपर्ने जागिर छ उनको । चोक–चोकमा उभिएर सिट्ठी फुक्नैपर्छ । घाम र पानी, धुवाँ र धुलो, कुनै समस्याबाट दिग्दार मान्ने छुट छैन लक्ष्मीलाई । यसवेला अफिसमै राख्छिन् छोरी, बेबी केयरमा । धन्न यतिसम्म सुविधा छ ।

लक्ष्मीको यो संघर्षमा सपनाको महल छ । जागिरबाट अवकाश पाउँदासम्म एउटा कार किन्ने सोच छ । जीवनभर पेन्सन पाइने आशा छ । छोरीको भविष्य सुन्दर बनाउने चाहना छ । र, भविष्यमा यही सहरमा एउटा घर ठड्याउने अपेक्षा छ लक्ष्मीको । पूरा हुन् उनका सपना, संघर्षको मीठो फल व्यवहारमै चाख्न पाऊन् ।

The post नारिलाइ कहिलै कम्जोर नसोचौं: यी हुन छोरी काखमा च्यापेर ट्राफिकको जागिर गर्ने शाहासी नारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.