३९ वटी श्रीमतिको एउटै मात्र श्रीमान..खाना खर्च मात्रै डेढ लाख, परिवारिक सदस्य सुन्दा अच्चम पर्नुहुनेछ

महँगीको यो जमाना । बजारमा वस्तुको मूल्य अचाक्ली बढेको बढ्यै छ । अझ खाद्य पदार्थको त कुरै नगरे भो । त्यसको मूल्य आकाशै छुने गरी वृद्धि भएकै छ । समय–समयमा भाउ बढ्ने क्रम पनि रोकिएको छैन । एउटै परिवारलाई पाल्न पनि मानिसलाई धौ–धौ पर्छ । व्यक्तिलाई परिवारका सदस्यहरूको मुखमा दुई छाक माड जुटाउनै कडा संघर्ष गर्नुपर्छ । तर, भारतस्थित पूर्वोत्तर राज्य मिजोरमका एक व्यक्तिको परिवारलाई महँगीले नछोएको हो कि जस्तो भान जो कोहीलाई पनि पर्न सक्छ । यसमा आश्चर्य नमान्नुस् । अनुशासित परिवार र कर्म गर्ने हातहरू सक्रिय भए यो संसारमा महँगीसँग जुध्न सकिने रै’छ । यसको पछिल्लो उदाहरण बनेका छन् ७२ वर्षीय डेज जिओना । उनको परिवारका सदस्य एउटा, दुइटा, तीन वटा हैन, १ सय ८१ जनाको छ । जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्छन् ।

उनको परिवार एसियाकै सबैभन्दा ठूलो भएको ‘डेली न्युज’ ले जनाएको छ । पेसाले सिकर्मी उनको बख्तबाङ गाउँमा चारतले पक्की घर छ । जसमा सयजति कोठामा आफ्ना परिवारका सबै सदस्यलाई अटाउन भ्याएका छन् । हाँसीखुसी र मिलीजुली बस्छन् । घरका अभिभावकले अह्राएको काम गर्छन् र बाँडीचुँडी खान्छन् । सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । जिओना भन्छन्, ‘मेरो पहिलो विवाह १७ वर्ष उमेरमा भएको थियो ।’ जम्बो परिवारलाई मिलाएर राख्ने गरेको एक जिज्ञासामा उनले परिवारमा सेनाको जस्तै अनुशासन रहेकाले सम्भव भएको बताए । उनकी प्रथम श्रीमतीले सबैलाई काम अह्राउने गरेकी छिन् ।

जिओनाको घरमा प्रतिदिन ३० किलो कुखुराको मासु, ६० किलो आलु र झन्डै ५० किलो चामलको भात पाक्ने गर्छ । यी सबैको न्यूनतम नेपाली मूल्य जोड्ने हो भने कुल रकम १३ हजार रुपैयाँ प्रतिदिन पर्न आउँछ । यसरी उनको परिवारमा वार्षिक रूपमा १ लाख ५६ हजार रुपैयाँ त खानामै खर्च हुने गर्छ । यो रकम जुटाउनु धेरैका लागि असम्भव हुन सक्छ । जिओनाले यतिका रकमको बन्दोबस्त बिनातनावै गर्ने गरेको बताउँछन् । यो खर्चमा औषधि उपचार, कपडालगायतका अन्य समावेश गरिएको छैन ।

जिओना थप्छन्, ‘म आफूलाई भाग्यशाली ठान्छु, मेरो परिवार विश्वकै सबैभन्दा ठूलो र आदर्श परिवार हो ।’ उनको परिवारबारे अर्को रोचक प्रसंग पनि अनलाइनहरूले उल्लेख गरेका छन् । त्यो हो, निर्वाचनमा सबैले एउटै उम्मेदवारलाई मतदान गर्नु । नेपालमा हाल निर्वाचनको वातावरण छ । दलैपिच्छे परिवारका सदस्यहरू विभाजित छन् । तर, उनको परिवारमा यो फिटिक्कै छैन । यो सबैका लागि मननयोग्य कुरो भइहाल्यो । जिओना भन्छन्, ‘मेरो परिवारका सबै सदस्यले हालसम्म हालसम्म एउटै व्यक्तिलाई मत दिने गर्छन् ।’ त्यसैले निर्वाचनको बेला उनको परिवारको महत्त्व झनै बढ्ने गरेको छ । यसले एकताको सन्देश पनि दिएको छ ।

खालेज टाइम्सले अनलाइन रिपोर्टहरूलाई उद्धृत गर्दै जिओना आफ्ना चार पिँढीका परिवारसँग सगोलमा बस्नु धेरैका लागि शिक्षा लिने सामग्री भएको जनाएको छ । ‘परिवार आत्मनिर्भर छ, आफूलाई चाहिने खाद्य पदार्थका लागि आफैंले मिलिजुली खेतीपाती गर्छन्,’ अनलाइनले लेखेको छ । यत्रो ठूलो परिवारलाई पाल्नु भनेको चानचुन कुरो पक्कै हैन । जिओनाको अर्को रोचक प्रसंग भनेको विवाह हो । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

यसबारे उनी भन्छन्, ‘गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।

एजेन्सीकाे सहयाेगमा

The post ३९ वटी श्रीमतिको एउटै मात्र श्रीमान..खाना खर्च मात्रै डेढ लाख, परिवारिक सदस्य सुन्दा अच्चम पर्नुहुनेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.