एक बर्षको सम्झना: राजु परियार को निधारमा १२ बर्षपछि टीका

सांगीतिक क्षेत्रमा गुमनाम जस्तै बनेका राजु परियार केही समययता विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा देखिने गरेका छन् ।

उनी दसैंको टीका थाप्न यसपटक गृह जिल्ला फर्किए । उनले आफ्नी आमा शन्तमायाको हातबाट टीका ग्रहण गरिन् । ‘मैले १२ बर्षपछि आमाको हातबाट टीका थापें, भाग्यमानी ठानिरहेको छु’ उनले भने, ‘१२ बर्षअघि आफ्नै जन्मघर गाउँसहर चिसापानीमा आमाको हाटबाट टीका लगाएको थिएँ ।

मलाई लाग्छ, यो ०६० या ०६१ सालको कुरा हो । त्यसपछि भने साइत जुरेन ।’ उनले धेरैबर्षपछि आमाको हातबाट टीका लगाउने चाहना यसबर्ष पूरा भएको बताए । ‘यसपटक गाउँ जाने समय मिलेन ।

चितवन नगाएर आमालाई पनि यतै (बेसीसहर) बोलाएँ’ मंगलबारमात्रै आएका उनले भने, ‘भाइ पनि यहीं (बेसीसहर) भएकाले आमालाई यहीं बोलाएको हुँ । आमा आउनुभयो, यसपटकको दसैं रमाइलो भयो ।’ राजुकी आमा केही बर्षयता चितवनमा बस्दै आएका छन् ।

राजुकी आमा शन्तमाया ६४ बर्ष पुगिन् । उनले छोरा राजु दसैंको टीका थाप्न आउने कुरा पहिले पत्याएनन् । ‘आउँछु भन्ने, अन्तिममा आएर कता हो कार्यक्रम छ, आउन पाइन, अर्को साल आउँछु आमा भन्थे’ उनले भनिन्, ‘चितवन पनि कतिपटक आउ भनें, आउँदै आएनन् ।

अहिले पनि पत्याएको त थिएन, आएछ काले (राजु) त ।’ दुवै छोरालाई एकै ठाउँमा राखेर टीका लगाउन पाउँदा बुढेसकालमा खुसी लागेको उनले बताइन् ।

‘कान सुन्दैन । बुढी भइयो । काले कता हिँड्छ कता, म मेसो पाउँदिन’ उनले भनिन्, ‘जहाँ गएपनि आशिर्वाद लागोस्, आमा सम्झेर बेला बेलामा आए त्यही खुसी छ ।’

राजुले बेसीसहरमा डेरा गरी बस्ने भाइको कोठामा यसबर्षको दसैं मनाएको बताए । ‘दसैंमा धेरैबर्ष म विदेशमा नै भएँ । विदेमा रहेका नेपाली दाजुभाइले आयोजना गर्ने कार्यक्रममा जाँदाजाँदा दसैं पनि उतै हुन्थ्यो’ उनले भने, ‘यसपटक आफ्नो आमाको हातबाट टीका थाप्न पाउँदा खुसी छु ।’

विदेशमा गएका दाजुभाइले बोलाएपछि कार्यक्रममा हुन्न भन्न नसकिएका कारण उनले आमाको हातबाट धेरै बर्ष टीका थाप्न नपाएको बताए ।

‘पछिल्लो समय मेरो आफ्नै पारिवारिक समस्याले पनि दसैंका बेला आउन नसकेको हुँ । आमालाई सहरमा बोलाउने अवस्था पनि थिएन’ उनले भने, ‘अहिले ठिक छु, अब आमालाई पनि खुसीका साथ राख्छु ।’

एकताका रेडियो टेलिभिजनमा बज्ने जुनसुकै गीतमा पनि राजु परियारको नाम सुनिन्थ्यो । पछिल्लो समय लोकदोहोरी गीतमा सुन्नै छाडेका उनले दसैंतिहार सम्बन्धी ९ वटा गीत गाएको बताए ।

‘आफ्नै एल्बम त होइन, साथीभाइले अनुरोध गरेपछि गीत गाएँ’ उनले भने, ‘पहिलेको जस्तै सक्रियता जनाउन गीत गाउन थालेको छु । अब पनि गाउँछु । सहरबजार तथा गाउँगाउँमा आयोजना हुने कार्यक्रममा पनि जाने गरेको छु ।’

लोकदोहोरीको पर्याय बनेका राजुले कुनै समय एकैदिनमा साँढे १ लाख रुपैयाँ सम्म कमाउँथे । त्यतिबेला उनले दैनिक १३ वटा गीत गाउँथे । उनले अचेल त्यतिधेरै गीत गाएका छैनन् । कमाई पनि छैन । ‘हिसाव नै गर्ने हो भने अर्बको मालिक हुन्थें ।

सम्हाल्न जनिन’ उनले भने, ‘अहिले खानलाउनमात्रै ठीक छ ।’ उनले गीत गाउन थालेको १७ बर्ष भएको बताए । ‘आमाले गीत गाउनुहुन्थ्यो । आमाभन्दा बुवा तगडा । मैले पनि गीत गाउन सिकें’ उनले भने ।

स्कूल पढ्दै उनले ०५६ सालदेखि गायन क्षेत्रमा प्रवेश गरेको बताए । उनले ११ हजार बढी गीत गाइसकेका छन् । भोजपुरी र गुरुङ गीतमा पनि उनको आवाज छ । उमेरले ३६ बर्ष कटेका उनी अहिले आफ्ना पत्नि र बालबालिकासंग काठमाडौं टोखामा बस्दै आएका छन् ।

The post एक बर्षको सम्झना: राजु परियार को निधारमा १२ बर्षपछि टीका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Unknown said... May 31, 2019 at 12:12 PM

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.