एउटा यस्तो गाउँ जहाँ बाँदरकै कारण युवतीले बिहे गर्न पाएका छैनन् !

एजेन्सी, एउटा यस्तो गाउँ जहाँ बाँदरकै कारण युवतीले बिहे गर्न पाएका छैनन् ..बाँदरले बालीनाली खाइदिने मात्र होइन, यसले त हुँदाहुँदा मानिसको बिहे नै रोकिदिन थालेछ । भारतको बिहारस्थित एक गाउँका गाउँलेहरुले बाँदरको आतंकका कारण यस्तै पीडा भोगिरहेका छन् । बाँदरकै कारण उक्त गाउँका बिहे गर्ने उमेरका कन्याहरुले बिहे गर्न पाएका छैनन् ।

बिहारको राजधानी पटनाबाट ७५ किलोमिटर टाढा रहेको भोजपुर जिल्लास्थित रतनपुर गाउँ बाँदर आतंकले पीडित छ । यो गाउँ यति कुख्यात भैसकेको छ कि त्यहाँ जन्ती गएमा जिउँदै फर्किने ग्यारेन्टी हुँदैन भन्ने अफवाह चलेको छ । जसका कारण उक्त गाउँका कन्याहरुलाई बिहे गर्नका लागि कुनैपनि युवक जन्ती लिएर बेहुलीकोमा जाने आँट गर्दैनन् ।

बाँदरकै कारण गाउँमा अविवाहित युवतीहरुको संख्या बढिरहेको छ । अनेक उपाय गर्दा पनि गाउँबाट बाँदरका बगाललाई हटाउन सकिएको छैन र गाउँलाई पूर्णरुपमा आफ्नो कब्जामा राखेको छ बाँदरले । आसपासका गाउँहरुमा रतनपुर गाउँको बाँदरको कहानी निकै चर्चित बनिरहेको छ । त्यसैले मानिसहरु रतनपुरका केटीहरु मन परेपनि बिहे गर्न जान डराउँछन् । बाँदरले आक्रमण गरी मार्छ भन्ने डर छ उनीहरुमा ।

रतनपुरमा सात वर्षअघि भएको घटनापछि यस्तो भएको रहेछ । एउटा घरमा धुमधामसँग व्याण्ड बाजा सहित बिहे चलिरहेको थियो । जन्तीहरु मज्जाले नाचगान गरिरहेका थिए । एक्कासी बाँदरहरुको एक बगालले जन्तीमाथि आक्रमण गर्यो ।

पहिले त जन्तीले बाँदर लखेट्ने कोसिस गरे, तर जब बाँदरहरु बढी आक्रामक बने तब जन्तीहरुले नै ज्यान जोगाउन यत्रतत्र भाग्न थाले । बाँदरले जन्तीमाथि आक्रमण गरेर बिहे बिथोलिदिएको उक्त घटनापछि रतनपुर गाउँ बाँदरसेनाको आतंकले कुख्यात बन्यो ।

त्यसपछि रतनपुरका कन्या बिहे गर्नका लागि अन्य गाउँका मानिसहरु जन्ती लिएर आउने आँट गर्न सकेका छैनन् ।

-एजेन्सी

The post एउटा यस्तो गाउँ जहाँ बाँदरकै कारण युवतीले बिहे गर्न पाएका छैनन् ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.