इजरायल किन शक्तिशाली छ ? यस्तो छ कारण

एजेन्सी, असोज १३
मध्यपूर्वमा रहेको एक विकाशील र शक्तिशाली देश इजरायल हो । दुश्मन राज्यले घेरिएको र बारम्बार लडाइँ भइरहे पनि इजरायलले आफ्नो सार्वभौम र अखण्डमा अहिलेसम्म कुनै पनि आँच आउन दिएको छैन ।

प्रायः इजरायलका दुश्मनहरू हमलाको दाउ हेरेर बसिरहेका हुन्छन् भने इजरायलचाहिँ सधैं दुश्मनलाई परास्त पार्न चनाखो भइरहन्छ । यो एउटा यस्तो देश हो, जसले विश्वको जुनसुकै ठाउँमा भएका आफ्ना दुश्मनहरूलाई बाँकी राख्दैन ।

इजरायल शक्तिशाली हुनुको कारण

करिब ८० लाख जनसंख्या रहेको इजरायलमा दुश्मनहरूले सयौं रकेट प्रहार गरे पनि इजरायललाई खासै असर हुँदैन । किनभने, इजरायलले ‘आइरन डम’ नामको एक अस्त्र विकास गरेको छ, जसले दुश्मनको प्रहारलाई आकाशमै नष्ट पारिदिन्छ । विश्वकै खतरनाक आतंककारी संगठन आइएसले विभिन्न देशहरूमा नराम्रो क्षति पुर्याए पनि अहिलेसम्म इजरायलमा भने केही पनि गर्न सकेको छैन ।
हरेक आधुनिक हातहतियार जस्तैः जमिनमा प्रयोग हुने, आकाशमा तथा पानीमा प्रयोग हुने हातहतियारदेखि लिएर प्रविधिसम्म र फौजमा पनि इजरायल अन्य देशभन्दा अगाडि छ ।
इजरायल अमेरिका, चीन र रुसपछिको विश्वको चौथो ठूलो वायुसेना भएको राष्ट्र हो । इजरायलको आफ्नै स्याटलाइट सिस्टम छ, जुन विश्वको अन्य आठ देशहरूमा मात्र छ ।

इजरायलमा जन्मेका हरेक युवा–युवतीहरूले १८ वर्ष नाघेपछि अनिवार्य रूपमा सैनिक तालिम लिनुपर्छ । यस्तो तालिम पुरुषको हकमा तीन वर्ष र महिलाको हकमा दुई वर्ष हुने गर्छ ।
इजरायलले ‘रोबो गार्ड’ आविष्कार गरेको छ, जसले सीमा क्षेत्रको सुरक्षा तथा निगरानी गर्छ । र, सीमामा भएका गतिविधिहरूलाई कन्ट्रोल रुममा पठाउने गर्छ । यसको माध्यामबाट इजरायलले आफ्नो देशमा सीमा क्षेत्रबाट हुने हमलाका गतिविधिहरू पहिले नै थाहा पाउँछ ।
इजरायलले त्यो काम पहिल्यै गरिसकेको हुन्छ, जुन कामको बारेमा दुनियाँले भर्खर सोचिरहेको हुन्छ ।
शिक्षामा कुरा गर्दा विश्वमा धेरै विश्वविद्यालय इजरायलमै छनु । र, घरेलु कम्प्युटर उपयोगको मामिलामा इजरायल विश्वमै पहिलो नम्बरमा आउँछ ।

सात अरब देश मिलेर सन् १८४८ मा इजरायललाई आक्रमण गर्दासमेत हराउन सकेनन् ।
इजरायलले आफ्नो स्थापना कालदेखि हालसम्म सात लडाइँ लडेको छ, जसमा सबै लडाइँ उसले जितेको छ ।
‘बाँच्नु छ भने लड्न पर्छ’ भन्ने हरेक इजराइलीको दिमागमा यो पाठ बच्चैदेखि पढाइन्छ । चारैतिर मुस्लिम दुश्मन देशहरूले घेरिएको इजरायलले यस्तो कडा सुरक्षा व्यवस्था गरेको छ कि, यो देशलाई चुनौती दिनुभन्दा अगाडि आफ्नो लागि चिहान खने हुन्छ ।
इजरायलको हरेक महत्त्वपूर्ण सहरहरूमा सिसिटिभी क्यामरा जडान गरिएको हुन्छ । ती सहरमा हुने हरेक गतिविधिबारे कन्ट्रोल रुमले सिसिटिभी क्यामराको माध्यामबाट जानकारी लिरहेको हुन्छ ।

The post इजरायल किन शक्तिशाली छ ? यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.