“खुसि लुटिएको दशैं” टिकाको अघिल्लो दिन सडक दुर्घटनामा छोरा बुहारी, नाती नातिना एकै दिन गुमाउदाको पिडा सुनाउदै

तेजन खड्का राजघाट
वडादशैंको चहल पहल सुरु भइसकेको छ । बजारमा गएर मानिसहरुलाई सरसमान किन्न चटारो छ, गाउँबस्तीमा दशैको रौनक छाइसकेको छ । दशैं कसरी मनाउने, यसवर्षको दशैं कस्तो होला, को को आफन्तहरु टिका लगाउन आउने हुन् भन्ने सबैको मनमा खुल्दुली छ । रेडियो तथा टेलिभिजनमा दशैका गीतहरु घकिन्न थालेका छन् । नेपालीहरु वर्षौपछि आफन्तजन भेटघाट हुने विश्वासमा छन् । आफूभन्दा ठूला वडाहरुबाट आर्शिवाद थापेर टिका लगाउने दशै घर आँगनमा आइसकेको छ । नेपालीहरुमा दशैको हर्ष र उमंग छाउन थालिसकेको छ । एकआपसमा शुभकामना साटासाट भइरहेका छन् ।

यद्यपि, मोरङ, राजघाट—७ छापनका कालीप्रसाद अधिकारीको परिवारलाई भने दशैआएपनि मनमा कुनै हर्ष र उमंग छैन् । अधिकारी परिवारलाई जव दशै आउँछ ,तब मनमा एक किसिमको नरमाइलो लाग्छ । किनकी दशैको बेला उनले आफ्ना छोरासहित पाँच जना परिवार गुमाउनु परेको पीडा अझै आलो छ । टिकाको अघिल्लो दिन मोटरसाइकलमा आफ्नो स—परिवार लिएर श्रीमतीको भाइको बिहेमा मान्न जान्छु भनेर हिँडेका शशिधर पूनः घर फर्किएनन् ।
२०६७ साल असोज ३० गते पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा सवारी दुर्घटनामा कालीप्रसादले जेठा छोरा ३५ वर्षीय शशिधरसहित ३५ वर्षीया बुहारी देवी ,नातिनी १३ वर्षीया प्रितिका, १० वर्षीया प्रिजम र ७ वर्षीय नाति प्रितमलाई गुमाउनु परेको थियो ।

पश्चिमबाट पूर्वतर्फ आउँँदै गरेको ना २ ख ७७२२ नम्वरको बसले दिउँसो सवा १२ बजे विपरीत दिशामा रहेको मे १ प ७५७३ नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
CIMG0253, दशैको मुखमा सबै परिवार गुमाउँदा कस्तो पिडा हुन्छ तपाई आफै महसुस गर्नुहोस ?

‘आयु नै त्यति नै लिएर आएछन् भनेर चित्त बुझाउछु’, कालिप्रसादले भने, ‘अब जति चिन्तामा डुबेपनि फर्किएर आउँदैनन् । ‘आगनमा मन भुलाउने नाति–नातिना छैनन्, उनिहरुको अनुहार हेरेर बाँचेको थिँए’, उनले भने, ‘अब सबै सम्झानामा सिमित रह्यो ।’
हामीलाई कैले दशैं आउदैन आखाँभरि आँशु पार्दै मृतक शशिधरकी आमा प्रेमुकमारी अधिकारीले भनिन्, ‘वाध्यताले टिका लगाउन वाध्य छौ ।’अरु बेला पनि छोरा बुहारी र नाति नातिका यादले सताउँछ ,आमा प्रेमकुमारीले भनिन्,दशैको आँउदा त असह्य पीडा हुन्छ ।

मोटरसाइकलमा क्षमता भन्दा बढी नबस्न उनको सुझाब छ । मोटरसाइकलमा क्षमता भन्दा बढी यात्रा नगर्नुहोला अधिकारी परिवारको सुझाब छ , फेरि तपाईहरुको परिवारमा पनि यस्तो घटना नहोला भन्न सकिन्न । आमा प्रेमकुमारीले छोरालाई मोटरसाइकलमा अट्दैनौ यसरी यात्रा नगर भनेर सम्झाएकी थिइन् । बुहारी देवीले कोहि मोटरसाइकलमा कोहि बसमा जान्छौ भनेकी थिई उनले भनिन्, ‘हामीले उनिहरुलाई घरबाट हिँडेको पनि देखेनौ,पछि एकैचोटी दुर्घटनामा परे भन्ने समाचार आयो ।’

‘एकैचोटी सबैजना मरे भन्दा पत्याउन मुस्किल प¥यो,सबैको फोन आउन थाल्यो चारैतिर समाचारमा पनि दियो, दुर्घटनामा परेको कुरा चारैतिर होहल्ला भयो,पाँचै जनाको लाश हेर्न विवश भयौ’, आमा प्रेमकुमारीले भनिन् ।
‘दाईले मोटरसाइकलमा यसरी एकैचोटी पाँच जनालाई नै नलगेको भए कोहि त बाँच्थेकी भनेर मनमा कुरा खेल्छ ,मृतक शशिधरका भाई युवराज अधिकारीले भने, ‘खै, हाम्रो परिवारमा यस्तै लेखेको रैछ ।’

The post “खुसि लुटिएको दशैं” टिकाको अघिल्लो दिन सडक दुर्घटनामा छोरा बुहारी, नाती नातिना एकै दिन गुमाउदाको पिडा सुनाउदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.