भारतमाथि २–० को सानदार जित सँगइ,नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानमा जारी प्रतियोगिताको अन्तिम दिन आज दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो ।

राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि नेपाल विजेता बनेको हो । त्यसअघि बंगलादेशले नेपालका लागि उपाधि जित्ने बाटो तयार पारिदिएको थियो । नेपाल र भारतको खेलअघि बंगलादेशले भुटानलाई २–० ले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना बनेको थियो ।

यदि त्यो खेल भुटानले जित्यो भने अन्तिम खेलअघि नै नेपाल उपाधि दौडबाट बाहिरिसक्ने थियो । सहभागी पाँच टोलीमा राउन्ड रोविनपछि सर्वाधिक अंक प्राप्त गर्ने टोली विजेता भएको हो । नेपाल र बंगालदेशको बराबरी ९ अंक भएमा हेड टु हेडका आधारमा नेपाल विजेता चुनिएको हो । पहिलो खेलमा भुटानसँग पराजित नेपाललले बाँकी सबै टोलीलाई हराएको थियो ।

नेपालसँग हारेको बंगलादेशले बाँकी टोलीलाई पराजित भएको थियो । हेड टु हेडका आधारमा बंगलादेशलाई हराएका कारण नेपाल च्याम्पियन बनेको हो ।भारतलाई हराउन दुवै गोल दिनेश हेन्जनले गरेका थिए । फ्रिकिकमा आएको बललाई वन टचमा दिनेशले गोल गरे । उनले नै ३७ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट राम्रो गोल गर्दै अग्रता दोब्बर गरेका थिए । दिनेशले ६ यार्ड बक्सको दाँया तर्फबाट फार पोस्टमा भारतीय गोलकिपरलाई बिट गर्दै गोल गरेका थिए ।

The post भारतमाथि २–० को सानदार जित सँगइ,नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.