यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘

काठमाडौं, असोज १२ – बुधबार सम्पन्न भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल, भारत, बंगलादेश र भुटान ४ वटै देशले उपाधीमा दावेदारी पेश गरेका थिए ।

सबै देशको ६ अंक भएको अवस्थामा नेपालको खेल भारतसँग थियो । उपाधी जित्न बुधबार नेपालले भारतलाई जितेर मात्रै हुने थिएन, बंगलादेश र भुटानको खेलको नजिताले पनि भूमिका खेल्थ्यो ।

बुधबार दिउँसोको खेल नेपालले जस्तो चाहेको थियो त्यस्तै भयो, अर्थात बंगलादेशले भुटानलाई हरायो । नेपालले उपाधी जित्नको लागि भारतलाई हराउन बाँकी थियो ।

फुटबलको सुविधासम्पन्न वातावरणमा फुटवलको प्रशिक्षण गरिरहेका र दक्षिण एसियामा नभइ एसियामा आफूलाई बलियो टिमको रुपमा रुपान्तरण गर्दै लगेको भारतविरुद्ध जित निकाल्नु १८ वर्षमुनिको नेपाली टोलीलाई सजिलो थिएन । तर हरेक खेलमा एउटा हिरो हुन्छ भनेझैँ बुधबारको खेलमा पनि नेपालका दिनेश हेन्जन हिरो बनेर निस्किए ।

ढुक्ढुकीका बिचमा दिनेशले भारतलाई दुई गोल ठोक्दै सारा नेपालीलाई खुशी दिए । बिहीबार नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा भएको स्वागतमा पनि सबैको नजरमा दिनेश नै परे ।

बुधबारको खेलमा हिरो बनेर नेपाललाई उपाधी दिलाएका दिनेशलाई सञ्चारमाध्यमले घेरे । तर दिनेश भने पत्रकारकासामु निकै लजाए । निकै बल गरेपछि हेम्जनले बल्ल केही खोले ।

खेल सुरु हुनुअघि भारतविरुद्ध गोल हान्छु जस्तो लागेको थियो ? उज्यालो अनलाइनको प्रश्नमा हेम्जनले भने ‘भारतसँग खेल्न मैदान छिर्नुअघि नै मैले आज गोल त हान्छु भन्ने लागेको थियो, र जे सोचेको थिएँ त्यै भयो निकै खुशी छु, एक त हरेक गोल महत्वपूर्ण हुन्छन्, त्यसमाथि भारतविरुद्धको गोल त झनै महत्वपूर्ण नी ।’

The post यिनी हुन भारतलाई २ गोल हान्दै धुलो चटाएर नेपाललाई साफ च्याम्पियनसिप जिताउने ‘ दिनेश ‘ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.