अचम्मित पार्ने मेस्सीका यी ६ रेकर्ड, जुन जो कोहीलाई तोड्न मुस्किल पर्छ !

एजेन्सी,
स्पेनिस बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी विश्व फुटबलका एक ठूला हस्ती हन् । यसमा कसैको दुई मत नहोला । फुटबलको जगतमा उनलाई ‘कीर्तिमानधारी’ फुटबलर भनेर पनि चिनिन्छ ।

आज हामीले उनै मेस्सीका केही यस्ता कीर्तिमानबारे चर्चा गर्दैछौं, जुन कुनै पनि समयमा तोडिन मुस्किल पर्ने देखिन्छ ।

रेकर्ड–१ : बार्सिलोनाका लागि सर्वाधिक गोल र असिस्ट

३० वर्षीय अर्जेन्टिनी मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । त्यत्ति मात्रै हैन, उनले गोलका लागि सर्वाधिक अवसर सिजर्ना खेलाडीमा आफूलाई उभ्याएका छन् । मेस्सीले बार्सिलोनाका लागि ५ सय ८७ खेल खेलेर ५ सय १० गोल गरिसकेका छन् । त्यसैगरी, १ सय ९४ गोलका लागि पास मिलाएका छन् ।

रेकर्ड–२ : सबै टोलीविरुद्ध गोल

मेस्सी त्यस्ता खेलाडी हुन्, जसले स्पेनिस ला लिगाको २०१२–०१३ को सिजनमा सबै टोलीविरुद्ध गोल गरेका छन् । र, उनी यसमा एक्ला खेलाडी हुन् । त्यसबेला मेस्सीले खेलेका २१ वटै खेलमै उनले गोल गरेका थिए । यो रेकर्ड सायदै तोडिएला ।

रेकर्ड–३ : पाँचपटकका बालोन डि’ओर विजेता

मेस्सी ती एक मात्र खेलाडी हुन्, जसले विश्व फुटबलकै सर्वाधिक ठूलो मानिने अवार्ड बालोन डि’ओर पाँचपटकसम्म जितेका छन् । उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ यो अवार्ड जितेका थिए । उनका प्रतिद्वन्द्वी रोनाल्डोले हालसम्म यो अवार्ड चारपटकसम्म हात पारेका छन् ।

रेकर्ड–४ : ला लिगाको एउटै सिजनमा ५० गोल

ला लिगाको एकै सिजनमा ५० गोल हान्ने मेस्सी एक मात्र खेलाडी हुन् । उनले सन् २०११–२०१२ को सिजनमा ५० गोल गरेका थिए । ठूला प्रतियोगितामा मेस्सीको यो रकेर्ड असामान्य हो ।

रेकर्ड–५ : बार्सिलोनाका लागि एकै सिजनमा ७३ गोल

गजबको कुरा– विश्व फुटबलको इतिहासमा एकै सिजन सबैभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मेस्सी नै हुन् । उनले सन् २०११–२०१२ मा ७३ गोल गरेका थिए । ५० लिग गोल, तीन कप गोल, १७ अन्तर्राष्ट्रिय गोल र ३ गोल अन्य त्यसमा समावेश छन् ।

रेकर्ड–६ : एक वर्षमा क्लब र देशका लागि ९१ गोल

मेस्सीका नाम अर्को पनि अचम्मति पार्ने रेकर्ड छ । सन् २०१२ मा मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि गरेर कूल ९१ गोल हानेका थिए । जुन फुटबलकै इतिहासमा दुर्लभ रेकर्ड मानिन्छ । मेस्सीको यो रेकर्ड तोड्न जो कोहीलाई मुस्लिक पर्छ ।

The post अचम्मित पार्ने मेस्सीका यी ६ रेकर्ड, जुन जो कोहीलाई तोड्न मुस्किल पर्छ ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.