‘म पनि मानिस हुँ, यौनइच्छा त जागिहाल्छ नि’ -इन्दिरा जोशी

काठमाडौ । कति उमेरमा विवाह गर्ने ? यो सम्बन्धित व्यक्तिले नै निर्धारण गर्ने कुरा हो । किनकि विवाहबारे कानूनी बाध्यता छैन, नैतिक बाध्यता पनि छैन । तर नेपाली समाजको आफ्नै मानक छ । उमेरले २० को दशक काट्न लागेपछि अनेक टिकाटिप्पणी सुरु हुन्छ । त्यसमा पनि कलाकारबारे प्रश्न नउठ्ने त कुरै भएन ।

उध्रेको चोली र रातो घाँघराजस्ता ‘हिट’ गीत दिएकी गायिका इन्दिरा जोशीलाई पनि यस्तो प्रश्न नसोधिने कुरै भएन । गीत गाउँदै कम्मर मर्काउने शैलीका कारण ‘नेपाली साकिरा’ उपमासमेत पाएकी इन्दिराका बुबाआमालाई पनि यस्तै चिन्ताले सताएको छ । त्यसैले उनीहरुले छोरीलाई भनेका छन्, ‘लौ न, अब त बेला घर्किन लाग्यो । तिमीले खोजेको हामीलाई मञ्जुर छ ।’ कट्टर बाहुन परिवारकी इन्दिराका अविभावकको उनीसँग एउटै अपेक्षा छ– केटाचाहिं सकेसम्म बाहुन नै होस् । तैपनि इन्दिराले भने यसमा चासो देखाएकी छैनन् । उनी त अहिले आफ्नो कुनै ‘स्पेसल केटा साथी’ समेत नरहेको दावी गर्छिन् ।

‘तर उमेरसँगै शरीरले पनि सन्तुष्टि खोज्छ नै । यौनइच्छा नै जाग्दैन त ?’ प्रश्नको जवाफमा इन्दिरा भन्छिन्, ‘म पनि मानिस हुँ । मलाई इच्छा त जागिहाल्छ नि ।’

अनि कसरी पूरा गर्नुहुन्छ त इच्छा ?’ उनी भन्छिन्, ‘त्यसलाई धेरै चिजले दबाउन सक्छ के केटीमान्छेले । केटीमान्छेमा कन्ट्रोलिङ पावर धेरै हुन्छ नि । म पनि आफ्नो कन्ट्रोल गुमाउन चाहन्न । अझ म त बाहुन समुदायको छोरी हुँ । यहाँको संस्कार निकै कडा छ । यो समुदाय भनेको यस्तो हो, जसमा यौनलाई पनि इज्जतसँग जोडिन्छ । त्यसैले हामी बरु भित्र–भित्र सिक भएर बस्न सक्छौं । भित्र–भित्रै मर्न सक्छौं । तर इज्जत गुमाउन चाहदैनौं, सक्दैनौं ।’

उनको कुराले प्रश्न उठ्छ, ‘अबको पुस्ता त शिक्षित भइसक्यो, यस्ता कुरा मानेर बस्छ त ?’ तर इन्दिरा भन्छिन्, ‘हो, हामी शिक्षित त भइसक्यौं । तर पनि समाजका धेरै कुराले हामीलाई छेकेको हुन्छ । ब्राम्हण परिवारमा अझ त्यो बढी हुन्छ ।’

त्यसो भए इन्दिरा जोशीले आफ्नो इच्छालाई कहिलेसम्म ‘कन्ट्रोल’ गरिराख्छिन् त ? ‘हेरौं, उपयुक्त साथी भेटिएला नि एकदिन ।’ उनले कुटनीतिक जवाफ दिइन् । source:americanepal

The post ‘म पनि मानिस हुँ, यौनइच्छा त जागिहाल्छ नि’ -इन्दिरा जोशी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.