पोखराको सेतीनदीको खोचमा परेका एक युवालाई सुरक्षाकर्मीको समुहले आज उद्धार गरेका छन ।
पोखराको पृथ्बीचोक बसपार्क स्थित कृष्णटोल निवासि २२ बर्षीय मनोज सुनार (चाईना) सेतिनदीमा खोचमा पुगे पछि आज बिहान सुरक्षाकर्मीको टोलीले करिब साँढे दुई घण्टाको प्रयासमा उनलाई उद्धार गरेको हो । पोखराको चाईना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिम पट्टिको भागको सेतीनदीको खोचमा सुनार पुगे पछि बिहान सुनारलाई पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरे पछि सुरक्षाकर्मीको तिनैवटा अंग (नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल) परिचालन भएको थियो । मनोजको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सुरक्षाकर्मीले बिहान मनोजलाई सेतीनदकिो खोचमा भेट्दा उनी सामान्य बोलचाल गरेका थिए भने केहि समय पछि मनोज वेहोस अबस्थामा पुगेका थिए ।
उद्धार पछि उनलाई पोखरा हस्पिटलमा लगिएको थियो । उनको थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ । आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका सुनार ५ बजे पछि घरबाट बेपत्ता भएको उनका बाबु दिपक सुनारले बताए । विगत १७ बर्ष देखि पोखरामा मजदुरी गर्दै आएको सुनार परिवारको एक्लो छोरा एक दिन देखि उनी बेपत्ता हुदा घरमा रुवावासि चलेको थियो । मनोजकी एक श्रीमती रोजगारको शिलशिलामा विदेशमा छन भने मनोज घरमै बस्दै आएका छन ।
उद्धारमा पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण पार्दीको रेस्क्यू टोली, पोखराको मालेपाटनमा रहेको शसस्त्र प्रहरी बल कालिका गणको क्षेत्रिय विपद् व्याबस्थापनको टिम र नेपाली सेनाको कालिभन्जनको रेस्क्यू टिम समेत उद्धारमा खटिएको प्रहरीले जनाएको छ। करिब साँढे दुई घण्टा पछि मनोजलाई उद्धार गरे पनि उद्धार पछि झाडी र झ्याङबाट उनलाई सुरक्षाकर्मीले काधमा बोकेर अस्पताल पुराएका हुन। स्टेचरको अभावमा उनलाई सुरक्षाकर्मीहरुले काधमा बोकेका हुन। मनोजलाई खोचबाट उद्धार गरेसंगै स्टेचर स्टेर भनेर सुरक्षाकर्मीहरुले माग गर्दा तत्काल स्टेचर नहुदा उनलाई सुरक्षाकर्मीले बोकेरै हस्पिटल पुराएका हुन।पोखरा न्युज ।
The post सेतीनदीको खोचमा परेका युवा वेहोस अबस्थामा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.