‘छक्का पन्जा २’ ले ‘बाहुबली -२’ को रूप लिने संकेत :रिलिज अगाडि नै ‘सोल्ड आउट’ हुने संकेत

वुधबारदेखि रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’ले आक्रामक ओपनिङ गर्ने देखिएको छ । यो चलचित्रलाई काठमाण्डौका मल्टिप्लेक्सले अहिले सम्मकै उच्च शो दिएका छन् । क्यूएफएक्सले मात्र यो चलचित्रलाई ४ वटा हलमा २६ शो दिएको छ । काठमाण्डौको कुमारी, सिभिल र ललितपुरको लबिम मलमा चलचित्रले पाएको सबै शोमा वुकिङ आक्रामक देखिएको छ । यी तिन वटै हलमा चलचित्र रिलिज अगाडि नै पहिलो दिनको सबै शो सोल्ड आउट हुने पक्कापक्की छ ।

यता, काठमाण्डौको जय नेपाल हलमा पनि पहिलो दिनको वुकिङ उच्च देखिएको छ । यी बाहेक एफक्यूव, वीग मुभिज, बीएसआरले पनि चलचित्रलाई उच्च शो दिएका छन् । ती, सबै शोमा दर्शकलाई पहिलो दिनको टिकट पाउन मुस्किल पर्ने देखिएको छ ।

काठमाण्डौ बाहिरका मल्टिप्लेक्समा पनि वुकिङ खुलेसँगै आक्रामक रुपमा टिकट विक्री भएको देखिएको छ । दशैमा काठमाण्डौ बाहिर चलचित्रले राम्रो व्यापार गर्छन् । तर, कमेडी शैलीमा गहन बिषयलाइ उठान गरेको चलचित्र ‘छक्का पन्जा २’ले काठमाण्डौ र मोफसल दुबै स्थानमा आक्रामक कमाइ गर्ने देखिएको छ ।

चलचित्र ‘छक्का पन्जा’को ओपनिङ आक्रामक थिएन । तर, ‘छक्का पन्जा २’को बुकिङको गतीलाई हेर्ने हो भने धेरै रेकर्ड तोडिने अनुमान सहजै लगाउन सकिन्छ ।
दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । americanepal

The post ‘छक्का पन्जा २’ ले ‘बाहुबली -२’ को रूप लिने संकेत :रिलिज अगाडि नै ‘सोल्ड आउट’ हुने संकेत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.